भर्खरै

हाइड्रोजन इन्धनको अध्ययन गरिँदै

  • प्रकाशित मिति : आईत, पौष २६, २०७७
  • - Admin
title
काठमाडौं २६ पुस । ट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महत्वपूर्ण स्रोत मानिएको हाइड्रोजनको नेपालमा उत्पादन, खपत र निर्यात गर्ने सोचसहित यो क्षेत्रमा अग्रसर भएको हो ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले ऊर्जा क्षेत्रको भविष्य अनुमान गरेरै तत्काल काम थाल्न निगम अग्रसर भएको जानकारी दिए । “हाइड्रोजनका बारेमा विश्व धेरै अगाडि बढेको छ, यो प्रविधि ल्याउन प्रयोग गर्ने र स्वदेशी सफा ऊर्जा हाइड्रोजनको प्रवद्र्धनमा निगमले ढिला नगरी काम सुरु गरेको हो,” उनले भने, “हाइड्रोजन भविष्यको बलियो र उत्तम स्रोत हो भन्ने बुझेर काम नगरिए हामी पछाडि पर्न सक्छौँ ।”
 
पौडेलका अनुसार निगम अब हाइड्रोजन उत्पादनका लागि नीतिगत कानुनी समस्या के छन्, त्यो सल्टाउने र यो क्षेत्रमा लगानीको वातावरण बनाउन लागिपर्नेछ । निगमको आकलनमा आगामी पाँच वर्षभित्र नेपालमा हाइड्रोजन इन्जिनजडित सवारी साधन भित्रिइसकेका हुनेछन् र त्यसमा हाइड्रोजन इन्धन आपूर्ति गर्न निगम तयार हुनेछ । निगमले यससम्बन्धी अध्ययन अनुसन्धान लगायतको प्रबन्धका लागि काठमाडौँ विश्वविद्यालय (केयू)सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
 
निगम र विश्व विद्यालयबीचको समझदारी पत्रमा निगमका निर्देशक दीपक बराल र विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन डा। डम्बरबहादुर नेपालीले हस्ताक्षर गरेका थिए । निर्देशक बरालका अनुसार निगम खनिज ऊर्जाको आयात भण्डार र बजारीकरणमा मात्र सीमित नभएर स्वच्छ ऊर्जाको क्षेत्रमा पनि सक्रिय हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेको छ । “जलस्रोतमा धनी नेपालले बढी भएको बिजुली र पानीबाटै महìवपूर्ण ऊर्जा स्रोत हाइड्रोजन प्राप्त गर्ने सम्भावनाको यथार्थ चित्रण पाउन केयूसँग समझदारी गरेका छाँै,” उनले भने, “अब नेपालमा हाइड्रोजन उत्पादन, खपतका क्षेत्र प्रविधिको उपलब्धता, लागतजस्ता विषयमा अनुसन्धान तथा अन्य कार्यक्रम बन्छन् । इन्धान कारोबार गर्ने निकायले त यो सोच्नै प¥यो नि ”
निगमले केयूसँग हाइड्रोजन उत्पादनका क्षेत्रमा मात्र नभएर समग्र अध्ययन–अनुसन्धान र परामर्श कार्यमा सहायता लिनेछ । केयूका सहप्राध्यापक
डा। विराजसिंह थापाका अनुसार विश्वविद्यालयले आयल निगमका लागि आवश्यक इन्जिनियरिङ परामर्श, प्रविधि हस्तान्तरण र उपयोगिता सिर्जना अध्ययन अनुसन्धानका लागि समझदारी भएको हो ।
विश्वका खनिज तेल उत्पादक मुलुकहरूसमेत खनिज इन्धनको विकल्पका रूपमा सौर्य ऊर्जा हाइड्रोजन उत्पादन गर्ने योजना सहितका परियोजनामा लगानी गर्दैछन् । अस्ट्रेलिया, चिली, साउदी अरब, नर्वेजस्ता मुलुकहरूले हाइड्रोजन उत्पादन र निर्यातका लागि ठूला योजनाहरू बनाइसकेका छन् । खनिज इन्धनको खपतका कारण वातावरणमा ठूलो क्षयीकरण भइरहेको र यसको रोकथामका लागि जलविद्युत् तथा सौर्य ऊर्जा महìवपूर्ण वैकल्पिक ऊर्जाका रूपमा स्वीकार गरिँदै आएको छ ।
 
योसँगै पछिल्लो दशकमा विश्व ऊर्जा क्षेत्रमा हाइड्रोजन महìवपूर्ण ऊर्जाका रूपमा स्थापित भएको छ । रासायनिक मल कारखाना र धेरै ऊर्जा चाहिने उद्योग कारखानाले यसको खपत गर्दै आएका छन् । विमान उत्पादक कम्पनी तथा ठूला मालवाहक सवारी उत्पादक कम्पनीहरू हाइड्रोजनबाट चल्ने इन्जिनको व्यावसायिक उत्पादनमा लागिसकेका छन् ।
तर नेपालमा हाइड्रोजनको उत्पादन, खपत, बजार, निर्यात सम्भावना लगायतका विषयमा सरकारी स्तरमा प्रभावकारी अध्ययन अनुसन्धान भएको छैन । डेढ दशकपहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरूले यसको सम्भाव्यताको विषयमा सैद्धान्तिक अध्ययन गरेका थिए । हालै एसियाली विकास बैङ्कले पनि नेपालमा हाइड्रोजनको सम्भाव्यताका विषयमा एक अध्ययन गरेका थियो । केयूले हाइड्रो ल्याब स्थापना गरेर अध्ययन थालेको छ ।
-गोरखापत्र अनलाईन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago