भर्खरै

तीव्र रुपमा अघिबढ्यो अमलेखगञ्जबाट चितवनसम्म आउने पेट्रोलियम पाइप लाइन जडान

  • प्रकाशित मिति : आईत, पौष २६, २०७७
  • - विद्युत संसार
title
चितवन २६ पौष । सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको सो योजना पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगमले जनाएको छ ।
 
चितवनको लोथरमा पेट्रोलियम पदार्थको विशाल टर्मिनल बनाउने योजना अन्तर्गत नेपाल आयल निगम बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पाइपलाइन बिस्तार गर्ने काममा जुटेको हो । एकवर्ष अघि अमलेखगञ्जमा शिलान्यास भएको योजनाको काम निरन्तर भइरहेको आयल निगमले जनाएको छ ।
 
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाई बिस्तार गर्न झण्डै १५ अर्ब र भण्डार क्षमताको विकासमा १० अर्ब लागत अनुमान गरिएको छ । जस अनुरुप लोथरमा एक लाख किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने छ ।
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म निर्माण भइरहेको पाइपलाइन परियोजनाको सम्पन्न भए देशै भरी इन्धनको आपूर्ती सहज बन्नुका साथै आयात लागत समेत घट्ने अपेक्षा गरिएको छ ।
 
भारतको मोतीहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म पाइपलाइनबारे २४ अगस्ट २०१५ मा नेपाल–भार सम्झौता भएको थियो । भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम सुरु भएको थियो । भारतको मोतीहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० दशमलब २ किलोमिटर लम्बाइ रहकोे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago