भर्खरै

भारतमा २५ मेगावाट सम्म बिजुली बिक्री गर्न प्राधिकरणले प्रक्रिया थाल्यो

  • प्रकाशित मिति : सोम, पौष २७, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, पुस  । नेपाल विद्युत प्राधिकरणले भारतमा बिजुली बिक्रि गर्न प्रक्रिया अगाडि बढाएको छ ।
 
प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महिना) २५ मेगावाटसम्म विद्युत बिक्रि गर्न प्रक्रिया अगाडि बढाएको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने ध्येयका साथ प्राधिकरणले भारतीय बजारमा बढी भएको बिजुली बिक्री गर्न लागेको छ । पछिल्लो केही वर्ष पावर एक्सचेन्जमार्फत भारतीय बजारमा प्राधिकरणले विद्युत् निर्यात गरे पनि व्यापारिक रूपमा निर्यात गरेपनि व्यापारिक रूपमा पहिलोपटक भारतीय बजारमा विद्युत् निर्यात गर्ने भएको छ । 
 
एनभिभिएन नेपालमा बिजुली उपलब्ध गराउने भारत सरकारको कम्पनी हो । सोही कम्पनीले ढल्केबर हुँदै नेपालमा बिजुली आपूर्ति गर्दै आएको छ । सोही कम्पनी मार्फत नै नेपालले पनि बिजुली भारतीय बजारमा पठाउने ध्येयका साथ गत सोमबार उक्त बोलपत्र प्रक्रियामा सहभागी भएको हो ।
 
प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) २५ मेगावाटसम्म विद्युत् उपलब्ध गराउन सक्नेगरी एनभीभीएनमार्फत टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले नियमन आयोगबाट स्वीकृति पाएसँगै गत हप्ता नै उक्त टेन्डरमा आवेदन पेश गरेको जानकारी दिए ।
 
हाल प्राधिकरणले भारतको टनकपुरबाट  ८५ मेगावाट विद्युत आयात भइृरहेको छ । आयात भएको विद्युत प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा भारतीय विद्युत् नेपालले किन्दै आएको छ । पछिल्लो पटक शुक्रबार मात्रै थप १५ मेगावाट बिजुली सोही बिन्दुबाट आयात गर्ने गरी सहमति भएको छ ।  टेन्डरमा सोही दरलाई नै आधार बनाएर प्रस्ताव पेश गरिएको प्रवक्ता तिम्सिनाले बताए । बीआरपीएल भारतको विद्युत् वितरण गर्ने कम्पनी हो । उक्त कम्पनीले २५ देखि ७०० मेगावाट सम्म विद्युत् आपूर्ति गर्नेगरी टेन्डर आह्वान गरेको थियो । 
 
निवर्तमान ऊर्जामन्त्री वर्षमान पुनले भारतलाई वर्षायामको ५० मेगावाटसम्म बिजुली निर्यातका लागि सहमति भएको यसअघि नै जानकारी दिएका थिए । देशभित्र उद्योगी व्यवसायीले दैनिक जसो बिजुली मागिरहेको बेला पाइरहेका छैनन् । तर, सरकारले आगामी असारदेखि भारतलाई २४ सै घण्टा बिजुली बिक्री गर्ने तयारी थालेको भन्दै आलोचना पनि भइरहेको छ । 
विज्ञहरुका अनुसार नेपाल भित्रै बिजुली खपत हुन सक्ने वातावरण रहेको छ । चिनियाँ लगानीको होङ्सी सिमेन्टले मात्रै ८० मेगावाट बिजुली मागेको छ । प्रसारण लाइन बन्न नसक्दा सो उद्योगले बिजुली पाएको छैन । यस्तै हेटौडा, भैरहवा तथा विरगन्ज औद्योगिक करिडोरमा समेत झण्डै ५०० मेगावाट बिजुलीको माग छ ।
 
यस्तै विराटनगरमा पनि प्रसारण लाइन निर्माण भएको खण्डमा झण्डै ३०० मेगावाट बिजुली खपत हुन सक्छ । त्यसतर्फ सरकारले
कुनै ध्यान नदिएको उद्योगी व्यवसायीको भनाइ छ ।
सर्वत्र आलोचनाहरुको बाबजुद पनि प्राधिकरणले भारतलाई बिजुली बिक्रि गर्ने भएको छ । आगामी जुलाइदेखि लागू हुने अक्टोवरसम्म कूल ४ महिनाका लागि नियमित रुपमा ३० मेगावाट बिजुली बिक्री गर्ने सहमति यसअघि नै भएको छ । गत मंसिर २५ गते भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा उक्त सहमति भएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 12 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 17 hours ago