भर्खरै

पूर्वजलस्रोत मन्त्री देवीप्रसाद अधिकारी को निधन

  • प्रकाशित मिति : सोम, पौष २७, २०७७
  • - विद्युत संसार संवाददाता
title
पुस २७, काठमाडौं । पूर्वजलस्रोत मन्त्री देवीप्रसाद अधिकारी (डिपी अधिकारी) को ९२ वर्षको उमेरमा सोमबार ९पुस २७ गते० दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । धरानको चतरामा जन्मेका उनी पछिल्लो समय अल्जाइमर्सबाट पीडित रहेको पारिवारिक स्रोतले जानकारी दियो ।
 
कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्यूरो सदस्यसमेत रहेका अधिकारी २०३२ सालतिर तत्कालीन संविधान सुधार आयोगमा सहभागी भएका थिए । त्यसपछि पञ्चायतमा प्रवेश गरीका उनी २०३४ सालमा जलस्रोत मन्त्रालयको जिम्मेवारीमा काम गरेका थिए ।
 
अधिकारीले साना जलविद्युत् आयोजनाको विकास गरी गाउँगाउँमा कुटिर उद्योग चलाउन सकिने अवधारणा ल्याएका थिए । यसबाट स्थानीय जनता र देशको अर्थतन्त्र माथि उठ्न सक्ने उनको विश्वास थियो । यस्तै, उनले देशमा हावाबाट बिजुली निकाल्न परीक्षणसमेत गराएका थिए ।
 
उनकै कार्यकालमा धादिङको गजुरीमा पहिलो साना जलविद्युत् आयोजना (माइक्रो हाइड्रो) निर्माण भएको पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीले स्मरण गरे । ‘सिँचाइका लागि पानी आवश्यक रहेको भन्ने विवादका कारण पछि यो माइक्रो हाइड्रो बन्द भयो,’ उनले भने, ‘सोभियत संघबाट अध्ययन गरेर फर्केपछि मैले पनि उनीसँग केही विषयमा परामर्श गर्ने मौका पाएको थिएँ ।
 
अधिकारीले विद्युत् विभागमै साना जलविद्युत् विभाग स्थापना गरेर यसको प्रवद्र्धन गरेको पनि ज्ञवालीले स्मरण गरे । आज जलविद्युत् विकासको फराकिलो स्वरूप अधिकारीले त्यतिबेला बसालेको जग ठान्छन् ज्ञवाली । स्व। अधिकारीका श्रीमती, एक छोरा र एक छोरी छन् । ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago