भर्खरै

झ्याप्प-झ्याप्प विद्युत् काटिने समस्याबारे प्रधानमन्त्री कार्यालयमा बैठक

  • प्रकाशित मिति : सोम, पौष २७, २०७७
  • - अनलाईन खबर
 
पुस २७, काठमाडौं । पछिल्ला दिनमा झ्याप्प-झ्याप्प विद्युत धेरै जाने क्रम बढेको भन्दै प्रधानमन्त्री कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग जानकारी मागेको छ । कार्यालयमा नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपाने, काठमाडौं उपत्यकाका सबै वितरण केन्द्रका प्रमुखलाई बोलाएर विद्युत आपूर्तिको अवस्था र लाइन जाने क्रम बढेकोबारे जानकारी मागिएको हो ।
 
प्रधानमन्त्री कार्यालयका पूर्वाधार हेर्ने सचिव तोयनारायण, ऊर्जा सचिव दिनेश घिमिरे र प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले प्राधिकरणका अधिकारीहरूले गरेको ब्रिफिङ सुनेका थिए ।
 
नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक शाक्यले विद्युत कटौतीबारे बढेको जनगुनासो सम्बोधनका लागि आफूहरुले चालेको कमदबारे प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइएको बताए । आफ्ना समस्याहरुबारे पनि सरकारलाई बताइएको भन्दै उनले यो वर्ष भएको अनियमित बिजुली कटौतीको तथ्यांक पनि प्रस्तुत गरिएको बताए ।
 
प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा बितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको जानकारी कार्यालयलाई गराएको उनले बताए ।
 
नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार, विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा  ३ सय ४७ पल्ट ट्रिपिङ भएको छ । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत अवरोध भएको छ । गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको प्राधिकरणको दावी छ ।
 
प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषितरअघोषित रुपमा विद्युत विद्युत कटौती ९लोडसेडिङ० नगरिएको प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक शाक्यले बताएका छन् । शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत कटौती भएको हुनसक्ने जानकारी गराएका छन् ।
 
ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायतका काम निरन्तर भइरहेको प्राधिकरणले बताएको छ । स्थानीय रुपमा माग धान्न नसक्ने अवस्थामा ९ओभरलोड० रहेका ट्रान्सर्फमर फेर्ने, विदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायतका काम गर्दै विद्युत् आपूर्तिमा  सुधार गर्न अहोरात्र काम भइरहेको प्राधिकरणको भनाइ छ ।
 
सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका पोल सार्न, ट्रान्सर्फमर बदल्न, वितरण प्रणालीको  मर्मत सम्भारलगायतका काम गर्न विद्युत आपूर्ति बन्द गर्ने क्रम पनि घटेको दावी गरिएको छ ।
 
विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सर्फमरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको प्राधिकरणले बताएको छ । अनलाईन खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago