भर्खरै

नेपालगञ्ज ईलेक्टीकल एसोसिएशनले २९९ औं पृथ्वी जन्म जयन्ती तथा एकता दिवसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : सोम, पौष २७, २०७७
  • - विद्युत संसार संवाददाता
title
पुस २७, नेपालगञ्ज । नेपालगञ्ज ईलेक्टीकल एसोसिएशनले  २९९ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा सोमबार आफ्नै अफिस नेपालगञ्ज को पुष्पलाल चोक स्थित  रक्तदान  कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रममा प्रमुख अतिथी नेपाल विद्युतीय व्यवसायी महासंघका  प्रथम उपाध्यक्ष रेशम प्रसाद देवकोटाको उपस्थितीमा पृथ्वीनारायण शाहाको फोटोमा माल्यार्पण,पानसमा दिप प्रज्वलीत गरि प्रमुख अतिथी बाट रक्तदान सहित कार्यक्रमको शुभारम्भ गरिएको थियो । 
 नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्तसंचार केन्द्र नेपालगञ्ज को समन्यव र एसोसिएशनको  व्यवस्थापनमा  प्रत्येक वर्ष  पृथ्वी जन्मजयन्तीको अबसर पारेर रक्तदान गर्ने गरेकोले यस बर्ष पनि नियमित रक्तदान कार्यक्रमको आयोजना गरिएको एसोसियनका अध्यक्ष शिवराज रिजालले विद्युत संसारलाई बताए ।  विभिन्न क्षेत्रका  ५० जना समाजिक व्यक्तित्वहरुले रक्तदान गरेका थिए ।
 
रक्तदान कार्यक्रम नेपालगन्ज ईलेक्ट्रीकल एसोशियनका अध्यक्ष शिवराज रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने यस कार्यक्रमका संयोजक कार्यकारी सदस्य रामकुमार प्रसाई रहेको थियो ।
नेपालगञ्ज ईलेक्टीकल एसोसिएशनले   जिल्ला प्रशासनको कारण एसोसिएशनमा आवद्ध केही व्यवसायीहरु पुस ११ गते छैंटौं साधारण सभा बाट बाहिरिनुपरेको समेत हामीसँगको कुराकानीमा रिजालले स्मरण गरेका थिए। 
महासंघमा आवद्ध जिल्लाहरुमध्ये सक्रिया जिल्लाको रुपमा नेपालगञ्ज ईलेक्टीकल एसोसिएशन लाई लिनेगरेको अन्य जिल्लाका व्यवसायीहरुले समेत बताएका छन् । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago