भर्खरै

माघ १ बाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने व्यवसायीको घोषणा

  • प्रकाशित मिति : मंगल, पौष २८, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, पुस । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले यहि माघ १ गतेदेखि पेट्रोलिमय पदार्थको मूल्यमा वृद्धि गर्ने घोषणा गरेको छ ।  
 
बिक्रेताको कमिशन दरमा सामान्य संशोधन सहितको प्रस्ताव हालसम्म कार्यान्वयन नभएपछि एशोसिएशन आफैँले माघ १ गतेबाट प्रतिलिटर ५० पैसा बढाउने घोषणा गरेको हो । 
 
 निगम व्यवस्थापन बिक्रेताको कमिशन र खर्चहरु समय सापेक्ष संशोधन गर्दै जानुृ पर्ने मागहरु निगममा पेश गरेको दुई वर्ष बितिसक्दा पनि बेवास्ता भएको कारण बाध्य भएर यस्तो निर्णय गर्नु परेको एशोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले बताए । 
 उनले भने पटक पटक हाम्रा मागहरु निगम समक्ष पेश गरेतापनि निगमले व्यवसायीहरुको मागको वेवास्ता गरेको उनको आरोप छ । निगमले हाम्रा मागहरु माघ १ गते सम्म पनि निर्णय कार्यान्वयन नभए व्यवसायीहरुले बाध्य भएर साविकको खुद्रा मूल्यमा ५० पैसा प्रतिलिटर थप गरी बिक्री गर्ने निर्णय भएको महासचिव अर्यालको भनाई छ । 
 
 
महामारीका रुपमा विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण यसैपनि व्यवसाय धरासायी भएको बेला सो भन्दा धेरै अगाडि सिफारिस गरिएको विकल्प पनि उपाभोक्तालाई थप भार नपर्ने गरी नेपाल आयल निगमको सञ्चित कोषबाट व्यवस्थापन गर्दै शीघ्र कार्यान्वयन गर्न पुनः माग पनि गरिएको उनले बताए  । 
 
हालको लागत खर्च, व्यवसाय सञ्चालन खर्च, कानून अनुसार व्यवस्था भएको मजदुरहरुको सेवा सुविधा वृद्धि, मुद्रा स्फ्रिति दर र पूर्वाधार स्तरोन्नती, ब्याज दर तथा राजश्वका दरहरुमा भएको वृद्धि र हाल सञ्चालनमा रहेका पेट्रोल पम्पहरुको संख्या, बिक्री अनुपात आदिले हालको आम्दानीबाट व्यवसाय सञ्चालन हुन नसक्ने भन्दै एशोसिएशनले विज्ञप्ति सहित प्रकाशित गरेर मूल्य बढाउने तयारी गरेको छ ।  
 
हाल पेट्रोलमा ३ प्रतिशत र डिजलमा २.६४ प्रतिशत कमिशन दिने व्यवस्था छ । व्यवसायीहरुले कमिशन दर पेट्रोलमा ३.३९ प्रतिशत र डिजलमा ३.१२ प्रतिशत कायम गर्न प्रस्ताव गरेका हुन् । प्रत्येक २/२ वर्षमा कमिशन तथा खर्च समायोजन गर्न व्यवसायीहरुको गरेको माग समेत सुनुवाई नभएको महासचिव अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago