भर्खरै

नेतृत्वकर्तामा अज्ञानता र विकास निर्माण

  • प्रकाशित मिति : बुध, पौष २९, २०७७
  • - विद्युत संसार
title
काठमाडौं २९ पुस । नवनियुक्त मन्त्री रायमाझीले नियुक्त हुँदै गर्दा काठमाडौंमा वितरण लाइन सुधार्ने नाममा बिजुलीको तार भूमिगत (अन्डरग्राउन्डिङ) गरेर ठीक नभएको अभिव्यक्ति दिदै गर्दा प्राधिकरणका कामु निर्देशक हितेन्द्रदेव शाक्य समेत मन्त्री कै पक्षमा अभिनु राम्रो पक्ष होईन । 
 
तार भूमिगत गर्ने कामको थालनी गरेका विद्युत प्राधिकरण पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ लगायत प्राविधिकहरुले पोलमा टाँगिने तारभन्दा भूमिगत गरिने तार सयौं गुणा बढी सुरक्षित हुने अभिव्यक्ति दिदँै आएका छन् ।
दोस्रो पटक ऊर्जा मन्त्रालय सम्हाल्दै गरेका रायमाझिले आखिर किन बिजुलीको तार भूमिगत गर्नमा अड्चन थापेका छन् आज सबैको चासोको केन्द्र बनेको छ । बिजुलीको तार भूमिगत गर्ने कार्य नेपालका लागि नयाँ भएपनि धेरै विकसित देशमा  बिजुलीको तार भूमिगत हुने गरेको छ । 
 
बिजुलीको तार भूमिगत नहुँदा ओभरहेड तार नै खसेर मान्छे मरेका उदाहरण प्रशस्तै छन् । विद्युतीय दुर्घटनाको सुरक्षाका हिसावले सबैभन्दा सुरक्षित तार भूमिगत गर्नु न उचित उपायभएको प्राविधिकहरु बताउँदै आएको समयमा मन्त्रालयको नेतृत्वकर्ताले नै यस्तो अभिव्यक्ति दिदाँ भइरहेको काम पनि अवरोध हुने आशकां बढाउने मात्र नभई नेतृत्वकर्तामा ज्ञान नहुँदा विकास निर्माणमा कस्ता असर पर्छ भन्ने कुरा छर्लङ्ग भएको छ । 
गत फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शहरहरुलाई सुन्दर र व्यवस्थित बनाउन सुरु गरिएको उद्घोष गर्दै तार भूमिगत गर्ने परियोजना उद्घाटन गरेका थिए । प्राधिकरणले एसियाली विकास बैंक एडीबीको ऋण लगानीमा काठमाडौं जिल्लाको शहरी क्षेत्रभित्र तार भूमिगत गरिरहेकोे छ ।
 
ललितपुर भक्तपुरका शहरी क्षेत्रका लागि टेन्डर आवहन भएर ठेकदार परिचालन हुन मात्रै बाँकी छ । पोखराको लेकसाइड र भरतपुरको नारायणगढ क्षेत्रमा पनि काम थाल्न टेन्डर गर्ने तयारी हुँदैछ । अरु विभिन्न १७ वटा शहरमा यसका लागि अध्ययन चल्दैछ । यही बेला नयाँ ऊर्जामन्त्री रायमाझीले यो परियोजनालाई अघि नबढाउने संकेत दिएका छन् । 
विद्युतीय तार र केवल तार जेलिए र काठमाडौं कुरुप बनेको छ । यसैसमयमा सुरुभएको भुमिगत तारलाई पनि नेतृत्व प्रमुखले नै अज्ञानताको सन्देस दिदाँ विकास निर्माणले लिएको गति पनि सुस्त हुने स्पष्ट देखिन्छ । त्यसैले नेतृत्वकर्ताले यस विषयमा समयमा नै ध्यान दिन जरुरी छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago