भर्खरै

संस्थागत कोरोना बीमाले संस्थाप्रतिको विश्वास बढ्यो

  • प्रकाशित मिति : बुध, पौष २९, २०७७
  • - राजु भण्डारी / अध्यक्ष, पोखरा इलेक्ट्रिकल एशोसियसन
title

लामो समय देखि विद्युतीय व्यवसायमा आवद्ध राजु भण्डारी हाल पोखरा इलेक्ट्रिकल एशोसियसनका वर्तमान अध्यक्ष हुनुहुन्छ । माघ ३ गते हुदै गरेको महाधिवेशनबाट उहा निवर्तमान हुदै गर्दा उहाको दुईवर्षे कार्यकालमा कस्ता काम कार्य भए साथै कोरोना महामारीले विद्युत व्यवसायीहरुमा पर्नगएको समस्याहरुको विषयमा विद्युत संसारका भीमलाल श्रेष्ठले गरेका कुराकानीको केही अंशः 

 
पोखरा इलेक्ट्रिक एशोसिएसनको बारेमा बताइदिनुहोस् न ?
एशोसिएसनको मुख्य कार्य हाम्रो क्षेत्रमा रहेका सम्पूर्ण व्यवसायीहरुको हक हितका लागि सर्मपित हुदै व्यवसायीका दुख सुख साट्दै व्यवसायीहरुको लागि अविभावकत्व प्रदान गर्दै आएका छौ । व्यवसायीमा पर्न गएको कुनै पनि समस्याको समाधानका लागि संघले आफ्नो भुमिका निर्वाह गर्दै आएका छौ । मेरो दुईवर्षे कार्यकाल सकिदै छ यो अवस्थामा कोभिडका कारण म आफुले बनाएको योजना अनुसार त काम गर्न सकेको छैन तर महामारीको बीचमा पनि व्यवसायीको साना साना समस्याहरुलाई पनि समाधान गर्न तर्फ लागि परे । म निवर्तमान भएपनि अब आउने नेतृत्वलाई मैले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउन चाहान्छु ।  
 
आफ्नो दुई वर्षको कार्यकाल सकिदै गर्दा संघमा गरेका कार्यको कसरी समिक्षा गर्नुहुन्छ ?

मेरो कार्यकालको लामो समय महामारीका कारण व्यवसाय नै ठप्प हुन पुग्यो । मेरो कार्यकाल अब केही दिनमा नै सकिदैछ । अबको केही दिनमा अधिवेशनबाट नयाँ कार्यसमिति छनोट गरी नयाँ समितिलाई कार्यभार सुम्पिदै छु । मेरो कार्यकालमा संस्थाबाट पूर्णरुपमा व्यवसायीहरुको हकहितका लागि, मूल्यमा एकरुपता ल्याउने, जिल्ला प्रशासनमा संस्थाको नवीकरण, भ्याट तथा कर लगायतका प्रशासनिक कार्यहरुलाई निरन्तर रुपमा अपडेट गर्ने लगायतका कामहरु मेरो कार्यकालमा गर्न सफल भएको छ । 
विशेषत यो वर्ष कोरोनाले विद्युतीय व्यवसायमा निकै ठुलो असर पा¥यो । विद्युतीय सामग्री एउटा अत्यावश्यक सामग्री भित्र रहेतापनि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न सकिएन । व्यवसायमा केही सहजता ल्याउन जिल्ला प्रशासन कार्यालयलाई संस्थागत रुपमा अनुरोध गरेर कुनैपनि प्रशासनिक झन्झट्मा नपारी व्यवसायीलाई व्यवसाय सञ्चालन गर्ने सहुलियत दिनुपर्ने माग प्रशासनसँग राखेर काम गरेका थियौं ।
त्यस्तै यो वर्ष संस्थामा रहेका हरेक साधारण सदस्यहरुलाई व्यवसायी परिचय पत्र समेत प्रदान गरेका थियौं जसले गर्दा उहाँहरुलाई व्यवसाय गर्न सहज भएको छ । संस्थागत रुपमा व्यवसायीलाई केही गर्नुपर्छ भन्ने उद्धेश्यले एशोसियसन भित्र आवद्ध व्यवसायीहरुको कोरोना बीमा पनि गरेका छौं भने कोभिडको समयमा पनि सुरक्षित भएर काम गर्न प्रेरित गरेका थियौं । 
हरेक व्यवसायीको समस्या पहिचान गरी मिलेर समाधान पनि गर्दै आइरहेको छौं । नेपाल विद्युतीय व्यवसायी महासंघ, पोखरा उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुसँग समन्वय गरेर अघि बढिरहेको छ । महामारीको बाबजुद पनि संघले केही उपलब्धी हासिल गरेको मैले पाएको छु ।
 
यस संस्थामा कति विद्युतीय व्यवसायीहरु आवद्ध रहेका छन् त ?
हाम्रो यो संस्था २०५६ सालमा स्थापना भएको हो । स्थापना समयदेखि नै संस्थाले व्यावसायिक हकहितका बारेमा काम गर्दै आइरहेको छ । व्यावसायिक हकहितमा काम गरेकोले नै व्यवसायीहरु संस्थाप्रति आर्कषण बढी रहेको छ । हाल हाम्रो संस्थामा १४० जना व्यवसायीहरु साथीहरु आवद्ध रहेका छन् । म संस्थाको छैटौं अध्यक्षको रुपमा हाल कार्यरत छु । 
 
 कोभिड महामारीको समयमा व्यवसायीको लागि संघ मार्फत के कस्ता पहलहरु गर्नुभएको थियो । बताईदिनुहोस न ?
महामारीमा महिनौ दिन सम्म व्यवसाय नै ठप्प हुदाँ विद्युतीय व्यवसायीहरु मारमा पर्दै गर्दा अत्यावश्यक सामग्रीहरु बिक्रि वितरण गर्न सकिने भन्ने जिल्ला प्रशासन कार्यालयले निकालेको सूचनाको आधारमा हामीले आन्तरिक रुपमा सेवा दिएका थियौ । आन्तरिक रुपमा सेवा दिएकोले पोखरामा व्यवसायीहरुको लागि केही राहत मिलेको मैले महसुस गरेको छु । कोभिडको समयमा हामीले व्यवसायीलाई कोरोना बीमा गरायौं । मलाई लाग्छ पोखरामा यो बीमा संस्थागत हिसाबले पहिलो हो । संस्थागत लागतमा प्रतिव्यक्ति रु.६ सय को दरले १३१ सदस्यकोे १ लाखको बीमा गराएका थियौं । बीमा गराएकाहरु मध्ये दुई जना सदस्यमा कोरोना पोजेटिभ देखियो । संस्थागत कोरोना बीमाको कार्यले संस्थाप्रतिको विश्वास अझै बढेको जस्तो महशुस भएकोे छ । साथै महामारीमा व्यवसायीहरुलाई स्वस्थ्य मापदण्डको पूर्ण पालना गर्दै व्यवसाय गर्न आग्रह समेत गरेका थियौ ।
 
महामारी पश्चात् निर्माण क्षेत्रपनि अवरुद्ध प्रायः भए यस्तो अवस्थामा विद्युतीय व्यवसायीको प्रभावलाई कसरी लिनुहुन्छ  ?
हाम्रो व्यवसायी निर्माण क्षेत्रसँग सम्बन्धित रहेको कारण हाल सम्म पनि व्यवसायले राम्रो गति लिन सकेको छैन । महामारीका कारण रोकिएका विकास निर्माणका कामहरु विस्तारै अघि बढ्दै छन् । यससँगै हाम्रो व्यवसायले विस्तारै गति लिदै गएको छ । आफ्नो व्यवसायको आर्थिक अनुशासन भित्र रहेर काम गर्ने व्यवसायको लागि छिटै सहज वातावरण आउनेमा हामी आशावादी छौ ।  
संघले महामारी अघि होस् या पछि  गुणस्तरीय सामग्रीको बिक्री वितरण र प्रयोग गर्ने विषयमा हाम्रो प्रमुख सुझाव थियो । महामारी पश्चात व्यवसायी र उपभोक्तामा गुणस्तरीयता प्रति अझै ध्यान गएको मैले पाएको छु । 
 
तपाईलाई कोभिड १९ कारण  व्यवसायीहरुको लागि चुनौतीसँगै अवसर पनि हो भन्नेमा यहाँलाई  के  लाग्छ ?  
व्यवसायी र उपभोक्तहरुमा कोभिडका कारण चुनौती सँगै अवसरहरु पनि हो भन्नेमा म पूर्ण सहमत छु ।  नयाँ प्रविधिको साथमा अगाडि बढ्ने अवसरहरु सबै क्षेत्रका व्यवसायी लगायत तमाम जनमानसले प्रविधिहरु प्रयोग गरी भेटघाटको स्मरणीय चौतारीको रुपमा प्रयोग गरिनुका साथै व्यवसायी र उपभोक्ता दुवैमा व्यवसायमा आर्थिक कारोबार नगदमा गर्ने परिपाटीको विकास भएको हामी व्यवसायीहरुको एउटा सुन्दर पक्ष हो । उपभोक्तामा आफ्नो क्षमता हेरेर सामग्रीको खरिद गर्ने काम महामारी पश्चात भएको छ यो महामारीले ल्याएको परिवर्तन हो । 
 
जिल्ला संघहरु प्रति महासंघको भुमिकालाई कसरी लिनुहुन्छ ?
नेपाल विद्युतीय व्यवसायी महासंघ हाम्रो संघहरुको छाता संगठन हो । संघ प्रति महासंघले एउटा अभिभावकको भुमिका निर्वाह गरिराख्नु भएकै छ तर अझै व्यवसायीहरुको निम्ति विभिन्न योजनाहरु ल्याउन जरुरी छ । महामारीले केही अफ्टेराहरु निम्त्याएको छ यस्तो अवस्थामा महासंघ जिल्लासंघ र व्यवसायीहरुलाई जागरुक बनाउँदै व्यवसायी हितमा अगाडी बढ्नु आजको आवश्यकता भएको छ । 
 
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
एशोसिएसनको नेतृत्व सम्हाल्दै गर्दा मैले व्यवसायीको निम्ति विभिन्न योजनाहरु ल्याएका थिए तर धेरै समय महामारीले व्यवसाय नै बन्द हुदाँ केही योजनाहरु छुटेका होलान् । छुटेका यस्ता योजनालाई म निवर्तमान भएपश्चात् पनि अब आउने नेतृत्वलाई सघाउने प्रतिबद्धता पनि जनाउन चाहान्छु । जाँदाजादै सम्पूर्ण व्यवसायीलाई आफ्नो पेशालाई एउटा आर्थिक अनुशान र मर्यादित पेसा बनाउन आग्रह गर्दछु । 

प्रतिक्रिया