भर्खरै

लायन्स क्लव द्धारा न्यानो कपडा वितरण

  • प्रकाशित मिति : बिही, माघ १, २०७७
  • - भीमलाल श्रेष्ठ
title
काठमाडौं, १ माघ । सामाजिक सेवामा अग्रसर लायन्स क्लव अफ काठमाडौं गौरवले धादिङ धुनिवेशी नगरपालिका वडा नं ७ को महालक्ष्मी आधारभूत विद्यालयका साना विद्यार्थीलाई हिजो बुधवार न्यानो कपडा (ट्रयाक सेटसहित) वितरण गरेको छ ।
 
 
लायन्स क्लवका संस्थापक मेल्भीन जोनको जनवरी १३ मा जन्म भएका दिन विश्वभरका लायन्सहरुले विभिन्न सामाजिक कार्यक्रमहरु गरी जन्मदिन मनाउने गरिन्छ । नेपालमा रहेका लायन्स क्लवहरुले उक्त जोनको जन्मदिनको अवसरमा विभिन्न साता व्यापी कार्यक्रमहरु गरी मनाउने क्रममा तय भए अनुसार धादिङको धुनिवेशी नगरपालिका  विकट ठाँउको विद्यालयका साना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।   
 
 
 
कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं गौरव ,तारा, गतिशील , चन्द्र सुर्य र साइबाबा गरी पाँच वटा लायन्स क्लवहरुको संयुक्त सहयोगमा वितरण गरिएको  थियो । 
कोरोना महामारीमा समेत सामाजिक काममा अग्रसर हुँदै आएको छ । लायन्स क्लव अफ काठमाडौं गौरवका अध्यक्ष दयराम कार्कीले यो कार्यक्रम लायन्स क्लवका संस्थापक मेल्भीन जोनको जन्मदिनको अवसरमा हामीले साना बालबालिकाको लागि जाडो मौसममा न्यानो कपडा वितरण गरेको बताए । उनले आर्थिक रुपमा कमजोर बालबालिकाहरुलाई सहयोग गर्न पाउँदाको खुसी व्यक्त गर्दै उनले क्लवले भोलिका दिनमा पनि अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
 
 
सो कार्यक्रममा वडाध्यक्ष, विद्यार्थी, अभिभावक सहित विद्यालय शिक्षकहरुकोे समेत सहभागिता रहेको थियो । लायन्स क्लव अफ काठमाण्डौं गौरवले यस वर्ष खोलिएको नयाँ क्लवहरुको सहकार्यमा लायन वर्ष २०२०–२०२१ नयाँ कार्यकाल जुलाई १ देखि शुरु भएसँगै सातौं महिना प्रवेश गरेसँगै  करिब दर्जन भन्दा बढि सामाजिक कार्य गरिसकेको अध्यक्ष कार्कीले हामीसँगको कुराकानीमा बताए ।
कार्यक्रमले ५५जना विद्यार्थीलाई ध्भ् क्भ्च्ख्भ्  लोगो सहितको कपडा (ट्रयाक सेट) वितरण गरेको थियो । 
 
 
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago