भर्खरै

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गः काठमाडौँ र धादिङ दुवैतर्फ काम सुचारु

  • प्रकाशित मिति : शुक्र, माघ २, २०७७
  • - Admin
title
काठमाडौँ २ माघ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ ।
सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा बिहीबार विशेष पूजाआजा गरिएपछि शुक्रबारदेखि सुरुङ खन्ने तयारी गरेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । “पूर्व (काठमाडौँ) तर्फबाट सुरुङ खन्न शुक्रबार मुखमा स्टिलको ढोका (स्टिल रिब्स) राखिन्छ र सुरुङ खनिन्छ । ढोका राखिन्छन् फेरि एक मिटर सुरुङ खनिन्छ, फेरि ढोका राखिन्छ । ढोका राख्ने र खन्ने काम सँगसँगै अगाडि बढ्छन्,” आयोजना प्रमुख शाक्यले भने ।
धादिङतर्फको सुरुङ खन्ने काम पुस ८ गते सुरु भएको थियो । धादिङतर्फको सुरुङ २३ मिटर खनिएको छ । काठमाडाँैतर्फको सुरुङमार्गको मुख चन्द्रागिरि नगरपालिकाको टुटीपाखामा पर्छ भने धादिङतर्फको मुख धुनीबँेसी नगरपालिकाको सिस्नेखोलामा रहेको छ ।
कोरोना भाइरसको महामारी तथा स्थानीयवासीको अवरोधका कारण निर्धारित कार्यतालिकाभन्दा ढिलो सुरु भएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणले पुनः गति लिएको बताउँदै उनले निर्धारित समयमा नै काम सम्पन्न गर्ने लक्ष्यसहित नियमित कामबाहेक अतिरिक्त सिफ्ट
र अतिरिक्त समयमा कामलाई तीव्रता दिइएको जानकारी दिए । मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले यो सुरुङमार्ग निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको बताए । निर्माण कम्पनीबाट २४ घण्टाकै तालिका बनाएर दुई ‘सिफ्ट’ र ‘ओभरटाइम’ गरी कामलाई तीव्रता दिइएको जानकारी दिँदै उनले स्थानीयवासीको समेत कुनै अवरोध नरहेको हुँदा अहिले निर्माण कार्यले गति लिएको बताए ।
दैनिक एक मिटर सुरुङ खन्ने काम भइरहेकोमा अब दैनिक तीन मिटर खन्ने योजनासहित कामलाई तीव्रता प्रदान गरिएको छ । जापानी प्राविधिकका अतिरिक्त आयोजनास्थलमा दैनिक २९० जना कामदार कार्यरत छन् ।
धादिङतर्फ अहिले ‘स्केप टनेल’को करिब २० मिटर खन्ने काम सम्पन्न भइसकेको बताउँदै उनले आपत्कालीन अवस्थामा मुख्य सुरुङमार्गमा प्रवेश गरी उद्धारलगायतका कार्यका लागि मुख्य सुरुङमार्गको समानान्तर हुने गरी ‘स्केप टनेल’ निर्माण भइरहेको जानकारी दिए ।
प्रत्येक ३७५ मिटरको दूरीमा ‘स्केप टनेल’ले मुख्य सुरुङमार्गलाई जोड्ने छ । मुख्य सुरुङमार्ग र स्केप टनेलबीचको दूरी ३० मिटरको हुनेछ ।
मुलुककै आधुनिक र ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको यस सुरुङमार्गको निर्माण ड्रिलिङ र ब्लास्टिङ प्रविधिबाट भइरहेको महाशाखा प्रमुख थापाले बताए । यस आयोजनामा सुरुङमार्गको आधुनिक प्रविधि टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छैन ।
अबको डेढ वर्षभित्रमा नै मुख्य र ‘स्केप टनेल’ छेडिने काम सम्पन्न गरिने महाशाखा प्रमुख थापाले बताए । उनले भने, “छेडिने काम सम्पन्न भइसकेपछि फिनिसिङ, लाइटिङ, अक्सिजन, पानी, फायर हाइड्रेन्ट जडान लगायतको काममा केही समय लाग्नेछ ।”
यस सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए । यो सुरुङमार्ग जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब १६ अर्ब रुपियाँ सहुलियत ऋण र नेपाल सरकारको छ अर्ब रुपियाँको लागतमा निर्माण थालिएको हो । कुल लम्बाइ २.७ किलोमिटर रहेको यो सुरुङमार्गको एक किलोमिटर चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।  गोरखापत्र अनलाईन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago