भर्खरै

दोब्बर बढायो प्राधिकरणले फाइबर पोल चार्ज, इन्टरनेटको सेवाप्रदायकहरुमा भयो हल्लिखल्ली

  • प्रकाशित मिति : शुक्र, माघ २, २०७७
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं, पुस । नेपाल विद्युत प्राधिकरणले आफ्नो संरचना प्रयोग गरे वापतको अप्टिकल फाइबर पोल चार्ज दोब्बर बनाएको छ । प्राधिकरणको संरचना प्रयोग गरेवापत शुल्क दोब्बर बढेसँगै इन्टरनेट सेवाप्रदायक भित्र हल्लिखल्ली मच्चिएको हो । फाइबर पोल चार्ज बढेसँगै अब इन्टरनेट शुल्कमा पनि वृद्धि हुने इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) जनाएको छ । 
विद्युत प्राधिकरणले एकलौटी ढङ्गबाट पटक–पटक पोलचार्ज बढाउँदै आएपछि दुई वर्षदेखि आईस्पान र प्राधिकरण बीच विवाद चलिरहेको अवस्था छ । 
 
इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई प्राधिकरणले बिहीबार पत्र पठाउँदै भाडादर दोब्बर पारेको बताएको हो । प्राधिकरणले लिंदै आएको शुल्कमा दुई गुणा अप्टिकल फाइबर भाडादर बनाएको भन्दै इन्टरनेट सेवाप्रदायकले चर्को विरोध जनाइरहेका छन् ।
प्राधिकरणले पठाएको हालको पत्रमा ६६ केभी र सो भन्दा माथिको भोल्टेज स्तरको प्रशारण लाइनमा जडित फाइबर कोरको हकमा प्रति किलो मिटर प्रति वर्ष प्रतिफाइबर कोरको भाडादर कर बाहेक ३२ हजार लाग्ने निर्णय गरेको पत्रमा उल्लेख छ । यसअघि इन्टरनेट सेवाप्रदायकले यस्तो भाडा दर इन्टरनेट सेवा प्रदायकले १६ हजार ४ सय रुपैयाँ भुक्तानी गर्दै आएका थिए ।
 
त्यस्तै, यसअघि १४ हजार ७ सय तिर्दै आएको ३३ केभी र सो भन्दा कमको भोल्टेजस्तरको प्रसारण लाइनमा जडित फाइबर कोरको हकमा प्रति किलोमिटर प्रतिवर्ष प्रतिफाइबर कोरको भाडादर कर बाहेक बढाएर प्राधिकरणले ३३ हजार तोकेको छ ।
 
यो विषयमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङकै पालामा पोलचार्ज बढाउने निर्णय गरेका थिए । बढाएको भाडादर नतिरे तार काट्ने चेतावनी समेत दिँदैसँगै घिसिङ, चौतर्फि विरोधका कारण पछि हटे ।
विवाद समाधानका लागि सञ्चार मन्त्रालयको सहसचिव राधिका अर्यालको संयोजकत्वमा विवाद समाधान समिति बनेको पनि उक्त समितिले विवाद समाधान गर्न सकेन । अहिले पुनः उक्त पोलभाडा विवादले निरन्तरता पाएको छ ।
 
 
 
आईस्पानका एक अधिकारीका अनुसार प्राधिकरणका यस्तै गतिविधिले सरकारको डिजिटल नेपाललाई प्रत्यक्ष असर पुग्ने बताए । उनले भने सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिरहेको बताउँदै पोलभाडा दोब्बर बनाएर बारम्बार ताकेता गरिरहे आईस्पानले शुल्क बढाउन बाध्य हुने उनको भनाई छ ।  अहिले योे विषयमा छलफल चलिरहेको र पोलभाडा नघटाए ग्राहकलाई थप भार पर्ने सेवाप्रदायकहरुले बताएका छन् ।

प्रतिक्रिया