भर्खरै

चैतबाट २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा थपिदैं

  • प्रकाशित मिति : मंगल, माघ ६, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, माघ । नेपालको राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिने भएको छ । 
पहाडी जिल्ला लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने भएको हो ।  
लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन यो आयोजनाको काम हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । 
आयोजना कार्यालयले  दिएको जानकारी  अनुसार करीब ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको यस आयोजनाले सम्भव भएसम्म फागुन अन्तिम यदि सम्भव नभए पनि चैत महिनासम्म सबै काम सम्पन्न गर्दै बिजुली बाल्ने तयारीमा रहेको छ । 
आयोजनाले अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजना छ । 
आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीका अनुसार यस आयोजनामा यतिबेला विद्युत् गृहको काम र सबस्टेशनमा जोड्ने काम मात्र बाँकी बताए । गत असोज महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि कोभिडका प्रभावले गर्दा निर्माण कार्य तीव्ररुपमा अघि बढ्न नसक्दा बिजुली उत्पादन चैत महिनाबाट मात्र हुन लागेको उनको भनाई को छ । 
कोरोनाका कारण बाँकी भएको काम प्राविधिकको थियो । हामीले प्राविधिकहरु भारतबाट ल्याउनुपर्ने र दुईचार दिनपछि फेरि अर्को प्राविधिक ल्याएर काम गर्नुपर्ने त्यहीमाथि १५ दिन क्वारेन्टिनमा राख्नुपर्ने स्थितिले गर्दा असोजमा आयोजनाको निर्माण सकिएन । अब भने निर्माण कार्यमा सहज भएको र निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन हुने वस्तीको भनाई छ । 
 
यस आयोजना विसं २०७१ बाट निर्माण थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौता अनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने गत चैत ३० गतेसम्म रहेको थियो । 
आयोजना निर्माणका क्रममा रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो । निर्माण अवधि लम्बिँदै जाँदा रु चार अर्ब ६४ करोड गत असोज महिनासम्ममा खर्च हुने अनुमान गरिएकामा अझै समय थप हुँदा अझै बढी रकम लाग्ने आयोजनाले जनाएको छ ।
 
आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँध स्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत गृहमा झारिने छ । 
 यस आयोजनामा १२ दशमलव पाँचका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत खरीदबिक्री सम्झौता (पिपिए) भईसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago