भर्खरै

उत्पादनमुलक ५८ प्रकारका उद्योगलाई डिमान्ड शुल्क छुट (सूचीसहित)

  • प्रकाशित मिति : बिही, माघ ८, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, माघ । नेपाल विद्युत् प्राधिकरणले उत्पादनमुलक ५८ प्रकारका उद्योगहरुलाई  विद्युतको डिमान्ड शुल्कमा छुट दिने भएको छ । 
प्राधिकरणले गत चैत देखि कोरोना महामारीका कारण प्रभावित भएका देशभरिको उद्योगहरुलाई लकडाउन अवधिभर विद्युतको डिमान्ड शुल्कमा छुट दिने घोषणा गरेको हो । 
गत आइतबार (माघ ४ गते) अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले डिमान्ड शुल्क छुट दिने सैद्धान्तिक निर्णय गरेसँगै उद्योगहरुलाई यस्तो सुविधा दिन लागेको हो ।  । 
अर्थमन्त्रालको निर्णय गरेपछि  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिचान गरेर पठाएका ५८ प्रकारका उद्योगहरूले यस्तो सुविधा पाउनेछन् । उत्पादनमुलक उद्योगहरु माघ ६ गते पहिचान गरी प्राधिकरणलाई उपलब्ध गराएको पछि प्राधिकरणले माघ ७ गते ती उद्योगहरुको सूची सार्वजनिक गरेको हो । 
 
सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यको बुँदा नम्बर ५३ मा विभिन्न वर्गका ग्राहकहरूको गतवर्षको चैतदेखि २०७७ असारसम्मको विद्युत् महसुलको डिमान्ड शुल्क छुट दिने घोषणा गरेको थियो ।
 
यस्तो महसुल छुट दिने सम्बन्धमा गत साउन २३ गते बसेको प्राधिकरण सञ्चालक समितिको ८४२ औं बैठकले सरकारले तोकेका उत्पादनमुलक उद्योगलाई डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो । उता उद्योग मन्त्रालयले औद्योगिक व्यवसाय नियमावली, २०७३ को अनुसूची ५ को बुँदा(ज) मा उल्लेख भएका उद्योगलाई उत्पादनमुलक उद्योग भनी सूचीकृत गरेको छ ।
 
उद्योग मन्त्रालयले पठाएको सूचीअनुसार सिमेन्ट, प्लास्टिकका सामान, इँटा तथा टायल, फलामे छड, ब्याट्री, रासायनिक मल, अर्गानिक मल, लुब्रिकेन्टस, चिनी, राइस मिल, मैदा, तेल, दाल उत्पादन गर्ने उद्योग, पशुपंक्षीका दाना, एलोपेथिक औसधी, आयुर्वेदिक औसधी, एसिड, अल्काली, मदिरा, वियर, चुरोट, इलेक्ट्रोनिक तथा इलेक्ट्रिक सामान, बिजुलीको तार लगायत उत्पादन गर्ने उद्योगले यो  सुविधा पाउने छन् ।
 
 नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको ५८ उत्पादनमुलक उद्योगहरुको सूची
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago