भर्खरै

सर्वोच्चको फैसला नेपालको संविधान र शासकिय प्रणाली अनुरुप आउँछ : अध्यक्ष ढकाल

  • प्रकाशित मिति : आईत, माघ ११, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, माघ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको शिफरिसमा राष्ट्रपतिले प्रतिनिधी सभा विघटन गर्नु भएको रिटमा सर्वोच्च अदालतले गर्ने निर्णयले नेपालको संविधानको परिधि र शासकीय व्यवस्थालाई प्रष्ट पार्ने विश्वास व्यक्त गरेका छन् । 
 
नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशले काठमाण्डौमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्रि समेत रहेका ढकालले प्रतिनिधि सभा विघटनको विषयमा देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तीव्र ध्रुविकरण भएको प्रति चिन्ता व्यक्त गर्दै अदालतमा विचाराधीन मुद्धालाई सडकबाट प्रभावित बनाउन नहुने भन्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् । अध्यक्ष ढकालले सञ्चार माध्यमले नकारात्मक समाचारलाइ मात्र हेडलाइन बनाउन नहुने भन्दै सकारात्मक चिन्तनले मात्रै समस्याको सहि परिणाम हासिल हुने जिकिर गरे । 
 
ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दिएकाले अब वैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउँदै परिवार दल सोही कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहित स्वार्थको लागी झुटो आश्वासन दिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाई बदनाम गर्दै हिड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसंस्कार युक्त राजनैतिक शक्ति नेपालको आवश्यकता भएको जिकिर गरे ।  अध्यक्ष ढकालले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने हेतु हुनसक्ने भन्दै निर्वाचनको लागि तयार रहन आफ्ना  कार्यकर्तालाई आग्रह गरे । दलका महामन्त्री बिनोद डाँगीले नेपाली जनताका हरेक दुखमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए ।  दलका प्रवक्ता सन्तोष पौडेलले भविष्य भएको पार्टी नेपाल परिवार दलनै हो भन्दै सम्पूर्ण युवाहरुलाई आवद्ध हुन आह्वान गरे ।  दलका कोषाध्यक्ष एवम संविधान सभा सदस्य मिलन कुमारी राजवंशीले महिलाहरुलाई राजनीतिमा लाग्न जोड दिईन । 
 
 सुदुरपश्चिम प्रदेश परिवार दलका संयोजक खडक नागरिले सुदुरपश्चिममा परिवार दलको योगदान उल्लेख्य रहेको बताउँदै नागरिकहरुले थप आशा राखको उल्लेख गरे ।  परिवार दलका केन्द्रीय सदस्य रुपसिंह भण्डारीले संचालन गर्नु भएको कार्यक्रममा सो दलका केन्द्रिय सदस्यहरु गोविन्द मिश्र, प्रकाश बाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, अनिल भण्डारी, सन्त बहादुर पन्त, पिया रत्न महर्जन लगायत सहभागी रहेको थियो । 
 
सुदुरपश्चिमेली कलाकारलाई परिवार दलको सम्मान 
 
सुदुरपश्चिम क्षेत्रका कलाकारहरुलाई शुक्रबार सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानीत हुनेहरुमा चलचित्र क्षेत्रका नायक तथा मोडल भिम खड्का, म्यूजिक भिडियो निर्देशक जनक सिह, कलाकार दिनेश विष्ट, गायकद्धय दिपक जोशी, सागर जोशी, कलाकार निशान एस.के, गायक सरद कोली, तथा कलाकार भिम बिष्ट लगायत रहेका छन् ।  कलाकारिता क्षेत्रमा पुरयाएको योदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago