भर्खरै

झापाको कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

  • प्रकाशित मिति : आईत, माघ ११, २०७७
  • - रासस
title
 झापा, माघ । झापाको कनकाई घाटमा विद्युत् शवदाह गृह निर्माण गर्न पहल शुरुवात भएको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमासमेत असर पु¥याएको जनाउँदै कनकाई नगरपालिकाले सो पहल शुरु गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।
 
कनकाईघाट सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्दै उहाँले नगरपालिकाका तर्फबाट पहिलो चरणमा रु १० लाख उपलब्ध गराउने बताए ।  पवित्र कनकाई नदीको पूर्वी किनारमा रहेको कनकाई घाटको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वातावरणको शुद्धतामा जोड दिन र विद्युत् शवदाह गृह निर्माणमा एक जुट हुन सम्बन्धित सबैमा आग्रह समेत गरे ।
 
 “सानो रकम, सबैको सहभागिता व्यवस्थित घाट, हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ २०६७ सालमा स्थापना भएको सो  घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा आएको घाट समितिका अध्यक्ष प्रभाखर कडरियाले बताए । संस्थाका संस्थापक, आजीवन, संरक्षक र सहयोगी सदस्यबाट प्राप्त रकमबाट दुई शव दाहस्थल निर्माण भएको हो भने विर्तामोड निवासी तिलरुपा खड्काले  जगत खड्काको स्मृत्तिमा तेस्रो चितास्थल निर्माण गरिदिएको बताइएको छ । 
 
त्यस्तै मारवाडी सेवा समिति विर्तामोडबाट चौथो  र विर्तामोड निवासी द्वारिकालाल मित्तलका सुपुत्र प्रदीप मित्तल र परिवारबाट पाँचौ चितास्थल निर्माण भई सञ्चालनमा आएको संस्थाका अध्यक्ष कडरियाले जानकारी दिए ।
 
 उनले कोटीहोम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै हालसम्म निर्माण भएका संरचनाको संरक्षण साथै सरसफाइमा विशेष ध्यान दिने प्रतिबद्धता  व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago