भर्खरै

विद्युत महसुल असुल हुन नसकेको प्रति ट्रेड युनियनको ध्यनाकर्षण (पत्र सहित)

  • प्रकाशित मिति : आईत, माघ ११, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ११ माघ । नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंकलाईन मार्फत निरन्तर रुपमा विद्युत आपूर्ति लिएक औद्योगिक, व्यापारिक तथा गैर व्यापारिकबाट विद्युत महसुल असुल नभएको प्रति ट्रेड युनियनहरुले ध्यानाकर्षण गराएका छन् । 
महशुल भुक्तानी नगर्ने औद्योगिक, व्यापारिक तथा गैर व्यापारिकबाट यथाशिघ्र विद्युत महशुल उपर गर्न प्राधिकरण सञ्चालक समितिलाई नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद्, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ साथै नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले आइतबार संयुक्त रुपमा ध्यनाकर्षण गराएका हुन ।
 
ध्यानाकर्षण पत्रमा भनिएको छ “नेपाल विद्युत प्राधिकरणको संचालक समितिले २०७६ कात्तिक १६ गतेको बैठकबाट भएको निर्णय अनुसार डेडिकेटेड फिडर तथा ट्रंकलाईन मार्फत निरन्तर विद्युत आपूर्ति लिएका तर सो वापत हाल सम्म पनि महशुल भुक्तानी नगर्ने औद्योगिक, व्यापारिक तथा गैर व्यापारिक वर्गका उद्योग प्रतिष्ठानहरु बाट यथाशिघ्र उक्त विद्युत महशुल असुल उपर गर्न÷गराउन जोडदार आग्रह गर्दछौ ।”
 
 
 
 
यद्यपि प्राधिकरणले पटक पटक  डेडिकेटेड फिडर तथा ट्रंकलाईन मार्फत निरन्तर विद्युत आपूर्ति लिएका सबै औद्योगिक, व्यापारिक तथा गैर व्यापारिक वर्गबाट विद्युत महसुल भुक्तानी गर्न आग्रह गर्दा समेत विद्युत महसुल उठाउन सकिरहेको छैन ।
 

प्रतिक्रिया