भर्खरै

जनगणना २०७८ः जनशक्ति करारमा लिइँदै

  • प्रकाशित मिति : सोम, माघ १२, २०७७
  • - विद्युत संसार
title

 
काठमाडौं १२ माघ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको छ ।
 
विभागले आइतबार पत्रकार सम्मेलन गर्दै गणनाको तयारी भइरहेको जनाएको छ । विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना गर्न लागेको जनाएको छ । करारमा गणक तथा सुपरिवेक्षक भर्ना गरेपछि उनीहरूलाई आवश्यक तालिम दिइनेछ ।
 
गणक र सुपरिवेक्षक पदका लागि इच्छुकले २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । 
 
जनगणना विभिन्न प्रविधि अपनाई गरिने उनले बताए । मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उनले बताए ।
 
करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनगणनाका लागि परिचालन गर्ने विभागको तयारी छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 21 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 21 hours ago