भर्खरै

प्रविधिलाई थप सर्वसुलभ बनाउन द्रुतमार्गमा अप्टिकल फाइबर

  • प्रकाशित मिति : सोम, माघ १२, २०७७
  • - विद्युत संसार
title
काठमाडौँ, १२ माघ । काठमाडौँलाई तराईलगायत अन्तर्राष्ट्रिय सूचना महामार्गसँग जोड्न तथा काठमाडौँको सूचना प्रविधिलाई अहिलेको भन्दा थप सर्वसुलभ बनाउने उद्देश्यसहित काठमाडौँ–तराई÷मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डिजाइन तथा डीपीआरको काम सुरु भएको छ । 
नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको नेपाल टेलिकमले जनाएको छ ।
द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम र नेपाली सेनाबीच भएको समझदारी (एमओयू) अनुसार टेलिकमलाई चाहिने अप्टिकल फाइबरसँग सम्बन्धित आफ्नो ‘एसफिकेसन’ नेपाली सेनाको दु्रतमार्ग आयोजनालाई पठाइ सकिएको छ । टेलिकम र नेपाली सेनाबीच पुस १३ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
फाइबर बिछ्याउने क्रममा टेलिकम र सेनाको प्राविधिक टोलीले संयुक्त अनुगमन गर्ने छन । फाइबर बिछ्याउन लाग्ने खर्च टेलिकमले नेपाली सेनालाई उपलब्ध गराउने छ । द्रुतमार्ग निर्माण र फाइबर बिछ्याउने काम समानान्तर रूपमा अगाडि बढ्ने र एकै साथ सम्पन्न हुनेछन । अहिले तराई र पूर्व–पश्चिम राजमार्गलाई काठमाडौँसँग जोड्ने सूचना अप्टिकल फाइबर नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनसँग मात्र आएको छ, जुन महँगो पनि छ । द्रुतमार्गमा अप्टिकल फाइबर काम सम्पन्न भएमा सर्वसुलभ र अहिलेभन्दा सस्तो र भरपर्दो सूचना प्रविधि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago