भर्खरै

आजदेखि दैनिक ९ घण्टाको दरले १ महिना विद्युत अवरुद्ध

  • प्रकाशित मिति : मंगल, माघ १३, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं,माघ । नेपाल विद्युत प्राधिकरण प्रदेश १ नं कार्यालय विराटनगरले ३३ केभी दुहबी–खनार डबल सर्किट प्रसारण लाइनको स्तरोन्नतिका क्रममा एक महिनासम्म विद्युत सेवा प्रभावित हुने भएको छ । प्रसारण लाइनको दुहबीदेखि खनारसम्मको खण्डको स्तरोन्नति गर्न दैनिक विद्युत लाइन काटिने भएको हो । 
 
मंगलबार बिहानबाट विद्युत लाइन काटेर प्रसारण लाइनको स्तरोन्नति कार्य सुरु गरिएको वितरण केन्द्रका उपप्रबन्धक धिरेन्द्रकुमार यादवले बताए । उनका अनुसार अहिले भएको एसिएसआर डग कन्डक्टर (पातलो तार)को स्थानमा एचटिएलएस कन्डक्टर (मोटो तार) राखेर स्तरोन्नति गर्ने कार्य सुरु भएको छ । उनले भने अपग्रेड गर्नुपर्ने सर्किट दुई वटा रहेकोले लाइन अवरुद्ध हुने यो प्रक्रिया एक महिनासम्म नियमित चल्ने छ ।  उनले विद्युत संसारसँगको कुराकानीमा भने यस अवधिभर ग्राहस्थ विद्युत उपभोक्ताहरुले विद्युत पाउने र औद्योगिक ग्राहकहरुमा मात्र विद्युत कटौती हुनेछ । 
 
उक्त वितरण केन्द्रबाट प्रसारण हुने फिडरमा प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म लाइन अवरुद्ध हुने उपप्रमुख यादवको भनाई छ । लाइन काटिँदा दुहबीदेखि खनारसम्मको विद्युत सेवा प्रभावित हुने देखिएको छ । सकेसम्म ५ बजे अगाडि नै लाइन सुचारुको प्रयास गरिने पनि वितरण केन्द्रले जनाएको छ । 
 
 लाइन अवरुद्ध हुने क्रममा न्यूनतम ग्राहकलाई असर पर्ने गरी लोड व्यवस्थापन गरिनुका साथै औद्योगिक ग्राहकलाई सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी आफ्नो उद्योग सञ्चालन गर्न समेत प्राधिकरणले जानकारी गराएको छ ।  
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago