भर्खरै

नागरिक एपको आवश्यकता र चुनौति

  • प्रकाशित मिति : बुध, माघ १४, २०७७
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौंं १४ माघ । नेपाल सरकारले नेपाललाई पनि डिजिटल युगमा फड्को मार्न हालसालै नयाँ प्रविधिको एप सार्वजनिक गरेको छ । यो एप कामचलाउ सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले सार्वजनिक गरेका छन् । 
 पछिल्लो समय नेपाल पनि विश्वसँगै डिजिटल युगतर्फ अघि बढीरहेको छ । सरकारले हरेक सरकारी कामलाई डिजिटल माध्यमबाट गर्न र हरेक सरकारी कामलाई चुस्त दुरुस्त बनाउन यो एप ल्याएको छ । सरकारले अनलाइनबाट दिने सबै सेवालाई एकीकृत रूपमा उपलब्ध गराउन तथा सबै सरकारी सेवा जनताको हातहातमा पु¥याउन एपको प्रयोग गरिन्छ । 
 
नेपालमा स्थायी सरकारको गठन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्कको शुभारम्भ गरिएको थियो । डिजिटल नेपाल फ्रेमवर्कको मुख्य उद्देश्य नेपाललाई डिजिटल सशक्त समाज र ज्ञान अर्थ व्यवस्थामा रूपान्तरण गर्नु हो । सूचना प्रविधिको विकासमा सफल बन्न सक्यौं भने सबै तवरबाट हामी सफल बन्न सक्छौं । 
यो एप एउटा डिजिटल नेपालको फ्रेमवर्क मात्र हो, जसले डिजिटल माध्यमबाट कामहरु कसरी गर्न सकिन्छ भन्ने मार्गचित्र देखाउँछ । जसमा यो एपको महत्वपूर्ण भूमिका रहन्छ । 
 
किन आवश्यक छ त नागरिक एप ?
देशभरका सबै जनतामा सरकारी सेवा उपलब्ध गराउन यो एपको आवश्यकता छ । यो एपको माध्यमबाट सबै सरकारी सम्बन्धित सेवाहरू प्रदान गर्ने उद्देश्य यो एपको सुरुवात गरिएको हो । यो एपको माध्यमबाट सरकारी सेवाहरू जस्तै प्यान रेजिष्ट्रेसनका लागि आवेदन दिन, पेस गरिएका करहरूको विवरण हेर्न, नागरिकता दर्ता, प्यान रजिष्ट्रेसन र राहदानी दर्ता लगायत थुप्रै सेवाहरु सजिलै लिन सकिन्छ । यो एप जनताहरुले घरमै बसेर आफ्नो मोवाइलबाट सार्वजनिक बिदाका लिन पनि सरकारी कामहरु गर्न सकिने छ । त्यसैले पनि यो एपले जनतामा धेरै नै सुविधा पुग्ने अपेक्षा गरिएको छ ।  
 
यस एपमा सबै नागरिकको डाटा कायम राख्न गृह मन्त्रालयमा दर्ता भएका नागरिकको विवरण र निर्वाचन आयोगको सर्भरमा नागरिकको फोटोसहितको औँठाछाप र फोटोसहितको जानकारीबाट एपका लागि नागरिकको डिजिटल परिचय सिर्जना गरिएको छ । यो एपको प्रयोगबाट पेपरलेस (कागजरहित) र समयको बचत हुनेछ ।
 
प्रयोग गर्ने तरिका ?
यो एपको प्रयोग गर्न सबैभन्दा पहिले तपाईंले आफ्नो मोवाइलमा नागरिक एप प्लेस्टोरबाट डाउनलोड गर्नुपर्छ । एप डाउनलोड भएपश्चात् ‘तपाईंको मोबाइल नम्बर दर्ता गर्नुहोस् र अगाडि बढ्नुहोस्’ मा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंको मोबाइल नम्बरमा एसएमएसमार्फत ६ अंकको कोड आउँछ (जसलाई वान टाइम पासवर्ड अर्थात ओटीपी भनिन्छ) । एकचोटि तपाईंले ओटीपी हाल्नुभयो र ‘अगाडि बढ्नुहोस्’मा क्लिक गर्नुहोस् । लगत्तै तपाईंले आफ्नो मतदाता परिचयपत्र, नागरिकता र पासपोर्टको विवरण पेस गर्नुपर्ने हुन्छ र ‘अगाडि बढ्नुहोस्’मा क्लिक गर्नुहोस । त्यसका लागि नागरिकता, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एउटा विकल्प छनोट गर्नुहोस् र त्यसको विवरण भर्नुहोस । 
 
जस्तै नागरिकता छान्नुभयो भने त्यसको नम्बर, जारी भएको जिल्ला, जन्ममिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडि बढ्नुहोस् । यदि तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ । त्यससँगै एउटा फाराम खुल्छ । त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्, गलत विवरण सच्याउनुहोस् र अगाडि बढ्नुहोस । यति गरेसँगै नागरिक एपमा तपाईंको दर्ता प्रक्रिया पूरा हुन्छ । अब यसमा पिनकोड राखेर तपाईं एपमा उपलब्ध सेवा प्रयोग गर्न सक्नुहुन्छ ।
 
कत्तिको चुनौतिपूर्ण छ नागरिक एप ?
डिजिटल नेपाल फ्रेमवर्कले समृद्ध नेपाल सुखी नेपाली’’ कार्यान्वयन गर्न मुख्य भूमिका खेल्नेछ । नेपाल पनि डिजिटल प्रविधितर्फ अघि बढ्दा उपभोक्ता र नागरिक डाटाको संख्यालाई डिजिटल रूपमा भण्डार हुन्छ । अनलाइनबाट कम्पनी, व्यक्ति र सरकारी विभागले ठूलो गर्छ र साइबर अपराधीको केन्द्रबिन्दुमा पर्छ । सेवा सुविधा बढेसँगै यसमा चुनौति पनि थप हुँदै जान्छ । किनकी नेपालमा यसभन्दा पहिले पनि केही महिना अगाडि बैकको एटीएम ह्याकले  ह्याक गरेको थियो । 
 
त्यसैले पनि हाम्रो साइबर सुरक्षामा यसले प्रश्न उब्जाएको छ । विगत केही वर्षयताको तथ्याड्ढ हेर्दा पनि नेपालमा साइबर अपराध अत्यधिक रूपमा बढेको देखिन्छ । हामीले डिजिटल नेपालको कल्पना गरिरहेका छौँ तर यसको सुरक्षामा केही ध्यान दिएको देखिन्न । यस क्षेत्रमा करिब दुई प्रतिशतभन्दा कम बजेट खर्च गर्नुले सूचना प्रविधिमा हाम्रो ध्यान नगएको देखिन्छ । त्यसैले यसको सुरक्षप्रति पनि सरकारले समयमै ध्यान पु¥याउन आवश्यक छ । 

प्रतिक्रिया