भर्खरै

नेपालमा अहिलेसम्मकै ठूलो सौर्य उर्जा परियोजनाको डीपीआर तयार गर्न समझदारी

  • प्रकाशित मिति : बुध, माघ १४, २०७७
  • - Admin
title

 
काठमाडौं । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना  स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्ड र राइजेन इनर्जी सिंगापुर जेभीबीच समझदारी भएको छ । 
 
मंगलबार भएको समझदारीअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ । 
 
उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्ड कार्यालयमा सम्पन्न समझदारीमा बोर्ड प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनी दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ क्विङले हस्ताक्षर गरे । 
 
कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र डीएफएसआर तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ । गत असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई डीएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।
कर्पोरेट नेपाल

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago