हेदा हेर्दै खरानी भयो बस्ती, ३० घर, ७० पशुचौपाया जलेर नष्ट

  • प्रकाशित मिति : बुध, माघ १४, २०७७
  • - Admin
title

जुम्ला, १४ माघ । जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।
 
प्रहरी नायव उपरीक्षक काफ्लेका ३० घर सहित १७ गाई, २३ गोरु र ३० भेडाबाख्रा सहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् । घटनास्थलमा नेपाल प्रहरी शशस्त्र प्रहरी पुगिसकेको र क्षतिको विवरण थप आउन बाँकी रहेको उनले जानकारी दिए ।
 
२०७७ माघ १३ गते राती ७ बजे तिला गाउँपालिकाको उक्त गुठी भन्ने गाउँमा अचानक आगलागी भएको र त्यहाँ पुगको प्रहरीले ३० घर जलेको जानकारी गरेको छ । त्यस गाउँका जम्मा ५५ बढि घरमध्ये दुईवडा वाडा ३० घर जलेर नष्ट भएका छन् । मंगलवार राति ७ बजे आगलागी भएको र घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर निकै दुर्गम क्षेत्र भएकाले समयमै सुरक्षा निकाय त्यहाँ पुग्न सकेन तथा स्थानीयले आगो नियन्त्रण गर्न नसकेपछि बस्तिनै खरानी भएको स्थानीयले जनाएका छन ।
आगलागिको खबर पछि प्रहरी निरिक्षक नविन थापा मगरको कमाण्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायव निरीक्षक झुपेन्द्र बहादुर शाहीको कमाण्डमा ३ जनाको र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमाण्डमा ३ जनाको टोली खटिई गएकोमा राति पुगेको पुगेर क्षेतिको विवरण लिईरहेको छ । प्रहरी त्यहाँ नपुग्दै बस्तिनै जलिसकेको स्थानीयले बताएका छन् । स्थानीय धनबहादुर रोकायाले हिउदे सिजनमा भण्डार गरेको अन्न समेत जलेर नष्ट भएको छ । गाउँमा खानेपानीको एकधारा थियो, त्यसबाट आउने पानीले निभाउन नसकिएको स्थानीयले जनाएका छन् ।
 
चुलोबाट सल्किएको आशंका
स्थानीय परवहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाईपबाट छतमा भएको घासमा आगो सल्केको अनुमान गरिएको बताए । गाउँभरी सरेको आगो निभाउन नसकिएको र टुलटुलु हेर्नु वाहेक केही उपाय नलागेको उनले गुनासो पोखे । गाउँलेले हर प्रयास गरे तर काठका छत भएका घर भएकाले आगो निभाउन नसकिएको बताईएको छ ।
एकै गाउँका धेरै घर जलेर नष्ट भएपछि राहात र पुनस्र्थापनका बिषयमा जिल्लामा तयारी भईरहेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा वैठक बसेर छलफल भईरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
गोरखापत्र अनलाइन 
 

प्रतिक्रिया