भर्खरै

इपानले सातै प्रदेशमा प्रदेशस्तरीय कमिटि गठन गर्यो

  • प्रकाशित मिति : आईत, माघ १८, २०७७
  • - Admin
title
काठमाडौं १८ माघ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले देशका सात वटै प्रदेशमा प्रदेशस्तरीय कमिटि गठन गरेको छ । शनिबार गठन गरिएका कमिटिहरूमा हाललाई संयोजक तोक्ने निर्णयमात्र भएको छ ।
 
गत साउन ३२ गते नयाँ कार्यसमिति चयन भएको करिब साढे ५ महिनापछि विधानअनुसार प्रादेशिक संयोजक तोकिएको छ । इपानका अनुसार प्रदेश १ मा डेढराज खड्का, प्रदेश २ मा नबिन सिंह, बागमती प्रदेशमा रामकाजी पौडेल, गण्डकी प्रदेशमा जगतबहादुर पोखरेल, लुम्बिनी प्रदेशमा कुवेरमणि नेपाल, कर्णाली प्रदेशमा दीपक पौडेल र सुदूरपश्चिम प्रदेशमा वीरेन्द्र मल्ललाई संयोजक तोकिएको छ ।
 
संयोजकहरूले विधानअनुसार ५ देखि ९ सदस्य रहने कमिटिका सदस्यको नामावली तय गर्ने इपानका उपाध्यक्ष गणेश कार्कीले बताए । २०७६ माघ २४ गते भएको इपानको साधारणसभाबाट नयाँ कार्यसमिति चयन गर्ने भने पनि विभिन्न विवाद र आरोप प्रत्यारोपका कारण साउनको अन्तिम सातामात्र पदाधिकारी चयन टुंगो लागेको थियो ।
 
२०७६ माघ १० गते बसेको इपान सञ्चालक समितिको बैठकले ११ सदस्यीय कार्यसमिति विस्तार गरी २३ पुर्याउने उद्देश्यले विधान संशोधन गरेको थियो । जसअनुसार प्रदेशमा एक–एक जना संयोजक तोक्ने प्रावधान छ ।
 
नयाँ विधानमा अध्यक्ष एक, उपाध्यक्ष ३, महासचिव एक, सचिव ३, कोषाध्यक्ष, खुला सदस्य ३, महिला सदस्य २, एसोसियट्स एक, निवर्तमान अध्यक्ष र प्रदेश संयोजक ७ रहने व्यवस्था छ । बढीमा ११ सदस्यीय प्रदेश समिति र प्रदेश संयोजक स्वतः केन्द्रीय कार्यसमितिमा सदस्य रहने प्रावधानसमेत राखिएको छ ।
 
यसैगरी, जलविद्युत् विकासमा योगदान पुर्याएका जलविद्युत् उद्यमी तथा विज्ञ समेटेर ७ जनाको सल्लाहाकार समिति बनाउने व्यवस्था छ । यस्तै, आवश्यकता अनुसार क्षेत्रगत, विषयगत आधारमा सल्लाहाकार उपसमिति बनाउने व्यवस्था पनि विधानमा छ ।
- ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago