भर्खरै

गुल्मी वितरण केन्द्र अन्तर्गत ४५ जना ग्राहकको लाइन काटियो

  • प्रकाशित मिति : आईत, माघ १८, २०७७
  • - प्रदिप श्रेष्ठ
title
गुल्मी, माघ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले विद्युत महशुल नबुझाएका तम्घासका ४५ जना ग्राहक तथा उद्योगीहरुको लाइन काटेको छ । 
 
विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका अनुसार विद्युत महशुल नबुझाउने ४५ जना ग्राहक तथा उद्योगीहरूको लाइन काटिएको हो । 
 
४५ जना ग्राहकहरूबाट छ लाख ४४ हजार ९ सय ९२ रुपैयाँ ९६ पैसा बक्यौता रकम उठ्नुपर्ने देखिएको छ । 
४५ जना ग्राहकहरूको लाइन काटिएपछि आज आइतबार सम्म ३८ जना ग्राहकहरूले बक्यौता भुक्तानी गरी पुन लाइन जडान गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख ईश्वरकुमार श्रेष्ठले जानकारी दिए । उनले हामीसँगको कुराकानीमा ३८ जना ग्राहकहरूबाट पाँच लाख १९ हजार १४६ रुपैयाँ ७८ पैसा असुल भएको जनाएको छ । 
 
लाइन काटिएका ग्राहकहरूले महशुल बझाए पश्चात लाइन जोडिदिन निवेदन दिनुपर्ने र सोही अनुसार प्रकृया पूरा गरी लाइन जोडिने उनले बताए । 
बारम्बार रकम बुझाउन आग्रह गर्दा समेत नबुझाएकोले विद्युत महशुल नबुझाउने ग्राहकहरूको लाइन काट्न बाध्य भएको प्राधिकरणले जनाउँदै यस कार्यलाई आगामी दिनमा अभियानकै रुपमा संचालन गर्ने कार्यालयले जनाएको छ । यस कार्यालय अन्तर्गत मुसीकोट नगरपालिकामा विद्युतीकरणको काम बाँकी रहेकोले यसको लागि तत्काल नै सूचना प्रकाशित गरी विद्युतीकरण कार्यलाई अगाडि बढाउने प्रमुख श्रेष्ठले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago