भर्खरै

२०८ विपन्नलाई निःशुल्क मिटर बक्स

  • प्रकाशित मिति : सोम, माघ १९, २०७७
  • - रासस
title
काठमाडौं  १९ माघ । नेपाल विद्युत प्राधिकरणले विद्युतको पहुँच पुगेर समेत मिटर खरीद गर्न नसकी अन्धकारमा बस्दै आएका विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर बक्स वितरण गर्दै आएको छ । गाउँमा विद्युतकीकरण भइसक्दा समेत मिटर बक्स खरीद गर्न नसकी छिमेकीबाट विद्युत् लिएर बाल्दै आएका र अन्धकारमा बस्दै आएका परिवारलाई नेपाल विद्युत् प्राधिकरणले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको प्राधिकरणको बागलुङ वितरण केन्द्रले जनाएको छ । 
 
प्राधिकरणले यही आर्थिक वर्षको पुस मसान्तसम्म २०८ परिवारलाई निःशुल्क मिटर बक्स वितरण गरेको गोशलीले जानकारी दिए । प्राधिकरणले बिहीबार मात्रै गलकोट नगरपालिका–४ स्थित चमुवा र नुवाकोटका १६ घर परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । “गलकोटमा विसं २०६८ देखि केन्द्रीय विद्युत् पुगे पनि विद्युत् मिटर राख्न नसकेका विपन्न परिवारलाई विद्युत् मिटर वितरण गरेका छौँ”, गोशलीले भने, “वडा कार्यालयले विद्युत् पुगेर पनि मिटर खरीद गर्न नसक्नेको सिफारिस दिएमा निःशुल्क मिटर वितरण गर्दै आएका छौँ ।” मिटर माग गर्न विद्युत् प्राधिकरणको वितरण केन्द्रमा समेत आउन नसक्ने र विद्युत् मिटर खरीद गर्न नसक्नेलाई निःशुल्क मिटर वितरण गरिँदै आइएको छ । 
 
सेवाग्राहीले विद्युत् मिटर खरीद गर्दा रु तीन हजार ४०० लाग्ने गर्दछ । सेवाग्राही वितरण केन्द्रमा आउने जाने सबै खर्च जोड्दा झण्डै पाँच हजार लाग्ने भए पनि वितरण केन्द्रले निःशुल्क मिटर दिँदा सेवाग्राहीको झण्डै पाँच हजार रकम बचत हुनेछ । अहिले प्राधिकरणले १० युनिट मात्रै विद्युत् खपत भएमा महशूल शुल्क निःशुल्क गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago