भर्खरै

देशकै सबैभन्दा ठूलो सबस्टेशन सञ्चालन, प्रधानमन्त्री ओलीद्धारा उद्धघाटन

  • प्रकाशित मिति : सोम, माघ १९, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, माघ । नेपालमा विद्युत उत्पादनको एक सय ९ वर्ष पछि देशकै सबैभन्दा ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा आएको छ । प्रदेश नं २ को धनुषा जिल्ला मिथिला नगरपालिका वडा न ७ मा निर्माण भएको ४०० के.भी.ढल्केवर–मुजफ्फरपुर लाइन निर्माण सम्पन्न भई आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेका  हुन् । 
 
नेपाल सरकार र  नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ ।
इतिहासमा आज प्रथम पटक ४०० के.भी. सबस्टेशन निर्माण सम्पन्न भई ढल्केवर (मुजफ्फरपुर लाइन सञ्चालनमा आएको छ ।
नेपालसरकारको राष्ट्रिय विद्युत विकास दशक कार्यक्रम अन्तर्गत निर्माण भएको  उक्त सबस्टेशन जीआईएस प्रविधिमा आधारित स्वचालित सबस्टेशन हो । 
यस आयोजनामा ३१५ एमभीए क्षमताका तीन थान ४०० र २२० के.भी.ट्रान्सफरमरहरु तथा ८० एमभीए क्षमता भएको एकथान, ४०० के.भी.रियाक्टर जडित यस ४०० के.भी.सबस्टेशनबाट करिब ९०० मेगावाट विद्युत ४०० के.भी. र २२० के.भी. मा आदानप्रदान गर्न सकिन्छ ।
ढल्केबर मुजफ्फरपुर ४०० के. भी. प्रसारण लाइन मार्फत भारतसंग करिब एक हजार मेगावाट सम्मविद्युत आदानप्रदान गर्न सकिन्छ भने हेटौडादेखि इनरुवासम्म बन्दै गरेको ४०० केभी प्रसारण लाईनको निर्माण पछि करीब दुई हजार मेगावाटसम्मको विद्युत हेटौडा तर्फ र २००० मेगावाट सम्मको विद्युत इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तैयार हुनेछ ।
हाल सञ्चालन रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो ढल्केवर सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरी परीक्षण सम्पन्न गरिसकिएको छ । सो सबस्टेशनलाई प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलताका रूपमा पनि लिइएको छ ।
 
यी संरचनाले गर्दा ढल्केवर सबस्टेशन मुलुकभित्र नै पूर्वपश्चिम विद्युत् आपूर्ति र भारतसँग व्यापारका लागि ठूलो केन्द्रसमेत बन्न पुगेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करीब एक हजार मेगावाट विद्युत् आयातनिर्यातका लागि पूर्वाधार तयार भएको छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।
कूल १३ बिघा १४ कठ्ठा वर्ग मिटर क्षेत्रफलमा रहेको सबस्टेशनको डिजाइन र निर्माणको सुपरीवेक्षण नेपाली इञ्जिनीयरले गरेका छन् । सो सबस्टेशन भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको छ भने सोहीबमोजिम अरूण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले प्राप्त गर्ने निःशुल्क ऊर्जासबस्टेशनलाई प्राप्त हुने प्रावधान भएकाले सोबमोजिम थप विस्तार पनि भइरहेको छ ।
 
बाह्य मुलुकमा विद्युत् बेच्ने पूर्वाधार तयार भयो ः प्रम ओली
 
सबस्टेशन उद्धघाटन कार्यक्रमको सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन निर्माणको काम सकएिकोले अब देश नै उज्यालो हुने बताएका छन् । देशलाई अब जति बिजुली चाहियो पनि त्यसको आधार निर्माण सकिने बताएका छन् । सबस्टेशनको निर्माण ऐतिहासिक उपलब्धि हो । 
 
प्रधानमन्त्री ओलीले नेपालले आगामी दिनमा भारत र बङ्गलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको जनाउँदै विद्युत् बेच्नेबारेमा गम्भीर छलफल भइरहेको प्रम ओलीको भनाई छ । 
 
त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले विसं परिकल्पना गरेको योजनाले साकार रूप लिएको जनाउँदै अब उज्यालो नेपालको सपनासँगै ऊर्जा वृद्धि, आयातनिर्यात गरी आय स्रोत वृद्धि र आधुनिक नेपाल निर्माणको आधारभूमि तयार भएको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 18 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 23 hours ago