भर्खरै

वर्षायाममा अब हामीले विद्युत निर्यात गर्नुपर्छ:प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : शुक्र, माघ २३, २०७७
  • - विद्युत संसार
title
काठमाडौं माघ । कालीगण्डकी करिडोर प्रसारण लाइनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले विद्युत निर्यात गर्नुपर्ने बताएका छन् ।
हिउँदमा अलिकति विद्युत अहिले पनि आयात गर्नुपरे पनि ‘वर्षायाममा आवश्यकता भन्दा बढी विद्युत उत्पादन हुने बिन्दुमा पुगेको बताउदै 
उनले भने,‘वर्षायाममा अब  हामीले विद्युत निर्यात गर्नुपर्छ।’
 
 प्रधानमन्त्री ओलीले अबका १, २ वर्षभित्र हिउँद याममा पनि आफूलाई चाहिने विद्युत उत्पादन हुने दाबी गरे।
 
‘निर्यातका लागि हामी भारत, बंगलादेशजस्ता मित्र राष्ट्रहरूसँग जहाँ विद्युत आवश्यक छ र हामी आपूर्ति गर्न सक्छौं उहाँहरूसँग विद्युत व्यापार सम्बन्धमा कुराकानी भइराख्या छ’, ओलीले भने, ‘यसका लागि राष्ट्र–राष्ट्रबीच सम्झौता गर्ने चरणतर्फ प्रयास गरेका छौं।’
 
विद्युतको प्रसारण ग्रिड कनेक्सनका लागि विमस्टेकमा सैद्धान्तिक सहमति भइसकेको उनले बताए।
 
दक्षिण एसियामै सबभन्दा पहिले १९६७ देखि नेपालमा विद्युत उत्पादन भएको भन्दै उनले उत्पादन थालेको १०५ वर्षसम्म बिजुली उत्पादनमा उल्लेख्य उपलब्धी हासिल हुन नसकेको बताए।
 
विगत केही वर्ष यतामात्र बिजुली उत्पादन वृद्धि भएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago