भर्खरै

निर्माण नहुँदै उद्घाटन भयो दाना-कुश्मा प्रसारण लाइन र सब-स्टेसन

  • प्रकाशित मिति : शुक्र, माघ २३, २०७७
  • - सन्तोष गौतम
title
माघ, म्याग्दी ।  म्याग्दीको दाना र पर्वतको कुश्मा जोड्ने विद्युत् प्रशारण लाइन तथा सब(स्टेसन निर्माण पूरा नहुँदै उद्घाटन भएको छ ।प्रधानमन्त्री केपी ओलीले बालुवाटारको एक्सनरूमबाट भर्चुअल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भौतिक रूपमा उपस्थित भएर उद्घाटन गरेको यो आयोजना निर्माण अझै ३ प्रतिशत बाँकी छ । 
 
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटमा बिहीबार भएको उद्घाटन कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणले वितरण गरेको पर्चामा कालीगण्डकी प्रसारण करिडोरअन्तर्गतको कुश्मा(दाना खण्डको हालसम्मको भौतिक र वित्तीय प्रगति ९७ प्रतिशत भएको उल्लेख छ । 
 
खुर्कोट र दाना सब(स्टेसनको पावर पलान्ट, प्रशासनिक तथा आवास भवन, घेराबार निर्माण र फिनिसिङ गर्ने काम बाँकी नै छ ।
 
२२० केभी क्षमताको प्रसारण लाइनको १ सय १० वटा टावर निर्माण, ३९.६ किलोमिटर दूरीको तार तान्ने र सबस्टेसनमा उपकरण जडान गरेर परीक्षण गर्ने काम सकिएको उद्घाटन कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका थिए । 
 
 
सरकारले काम गरेको देखाउन प्रचार गर्न प्रधानमन्त्री र ऊर्जामन्त्रीको दबाबमा उद्घाटन गरिएको कुश्मा(दाना सबस्टेसन र प्रसारण लाइन चार्ज गरेर नोलोड सिस्टममा सञ्चालन गरिएको छ । 
 
 
म्याग्दीको नारच्याङमा परीक्षण उत्पादनको तयारीमा रहेको ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जलविद्युत् आयोजना सञ्चालन भएपछि मात्र लोड दिएर विद्युत् आपूर्ति गराउन सकिने प्राधिकरण र आयोजनाका अधिकारीले बताए ।
 
 
दाना सबस्टेसनमा जोडिएको १३.४ मेगावाट क्षमताको थापा खोला र ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नसकेपछि मोदी(चुवा हुँदै १३२ केभी विद्युत लगेर चार्ज गरिए पनि उद्घाटन समारोहमा उपस्थित ऊर्जामन्त्री रायमाझीले अब नेपालले अन्तर्राष्ट्रिय बजारमा विद्युत् बिक्री गर्न पूर्वाधार बनाइरहेको घोषणा गर्न भ्याए । 
 
 
३ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमानको यो आयोजना निर्माण गर्न ३० मे २०१६ मा टाटा(चिन्ट इलेक्ट्रिक जेभीसँग २ अर्ब ७४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले अन्य आयोजनाको तुलनामा छिटो निर्माण भएको दाबी गरेको यो आयोजना जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, जग्गाधनीसँगको विवाद, बाढीपहिरोका कारण लक्ष्यभन्दा साढे २ वर्ष ढिला गरी सकिँदै छ । 
 
खुर्कोटमा २२०र१३२ केभी र दानामा २२०र१३२र३३ केभी क्षमताको सबस्टेसनका साथै यी २ ठाउँ जोड्ने १ सय १० वटा टावर बनाएर ३९.६ किलोमिटर प्रसारण लाइन बनेको छ ।
पर्वतको जलजला गाउँपालिकादेखि म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ मा निर्माण हुने १३२ केभी क्षमताको राहुघाट सब(स्टेसन जोड्ने ४ वटा टावर निर्माण गर्न बाँकी छ । 
एसियाली बिकास बैंकको सहयोगमा निर्माण भएको प्रसारण लाइन र सबस्टेसनले म्याग्दी, मुस्ताङलगायत कालीगण्डकी र आसपासका नदीमा जलविद्युत् विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुन बताउँछन् । 
कुश्मादेखि बर्दघाटतर्फ पनि प्रसारण लाइन निर्माण भइरहेको छ । बर्दघाटतर्फको लाइन तयार नहुँदासम्म पोखरा सब(स्टेसनमा जोडिने भएको छ ।
 
दाना(कुश्मा प्रसारण लाइनमा ६ सय मेगावाट र कुश्मादेखि बुटवलसम्मको प्रसारण लाइनमा १ हजार ५ सय मेगावाट विद्युत् प्रसारण क्षमता रहेको छ । यो हालसम्म नेपालमा निर्माण भएमध्ये ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो हो । पालिका खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago