भर्खरै

पेट्रोलियम ढुवानीमा बटम लोडिङ प्रणाली लागू भए व्यवसाय धरासयी

  • प्रकाशित मिति : सोम, माघ २६, २०७७
  • - विद्युत संसार संवाददाता
title
बुटवल, माघ । पेट्रोलियम पदार्थको ढुवानीमा बटम लोडिङ प्रणाली लागू भए नेपालभरिका पेट्रोलियम, ट्यांकर र एलपी ग्यास व्यवसायीको व्यवसाय धरासयी हुने व्यवसायीहरूको दाबी छ । 
 
शनिबार भैरहवामा भएको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको १६औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीहरुले नेपाल आयल निगमले लागू गर्न खोजेको पेट्रोलियम पदार्थको ढुवानीमा बटम लोडिङ प्रणाली व्यवसायीका लागि घातक हुने दाबी गरेका हुन् । 
 
पेट्रोलियम पदार्थको ढुवानीमा बटम लोडिङ प्रणाली लागू गर्दा एक ट्यांकरमा थप ३० लाख रुपियांँ बढी खर्च गर्न व्यवसायी बाध्य हुनुपर्ने भएकाले यो प्रणाली व्यवसायीलाई समाप्त पार्ने षड्यन्त्रका रुपमा स्थापित हुने उनीहरूको दाबी छ ।
 
त्यस्तै व्यवसायीहरुले पेट्रोलियम पदार्थको कारोबार गर्नेको अग्नी बीमा निगमले गरिदिनुपर्ने, मट्टितेलको कमिसन बढाउनुपर्ने व्यवसायीले निगममा धरौटी स्वरुप राखेको एक जना व्यवसायीको ८ लाख रुपियाँको ब्याज उपलब्ध गराउनुपर्ने वा सोही बराबरको पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
 
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले अनुगमनका दौरानमा गलत प्रमाणित नहँदै मिडियामा सार्वजनिक गर्ने परिपाटीले व्यवसायीको प्रतिष्ठा र मानमर्दन हुने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । गलत गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ तर अनुगमनकै क्रममा दोषी प्रमाणित नहुँदै जसरी सार्वजनिक गरिँदा समस्या आएको उनले बताए । नेपाल आयल निगम लुम्बिनी प्रदेशका प्रमुख पल्याङकर आचार्यले पेट्रोलियम व्यवसायीको अग्नी बीमा र अनलाइन बैकिंङ प्रणाली जरुरी रहेका उल्लेख गर्दै नीतिगत रुपमा गर्नुपर्ने विषयमा केन्द्रमा पहल गर्ने धारणा राखे ।
 
पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय सल्लाहकार चोपनारायण श्रेष्ठले बटम लोडिङ प्रणाली लागू गर्ने भए पहिला व्यवसायीका ट्यांकर निगमले खरिद गरेपछि मात्रै यो प्रणाली सरकारले नै अवलम्बन गर्न माग गरे । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका केन्द्रीय उपाध्यक्ष शंकर श्रेष्ठ, गुणस्तर तथा नापतौल कार्यालयका क्षेत्रीय प्रमुख मनोज पोखरेल लगायतले आफ्नो धारणा राखेका थिए ।
नेपाल समाचारपत्र

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago