पेट्रोलियम पदार्थको नयाँ मूल्य वृद्धिप्रति महासंघको विरोध

  • प्रकाशित मिति : शुक्र, माघ ३०, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, माघ । बुधबार राति १२ बजे देखि पुन बढाइएको पेट्रोलियम पर्दाथको मूल्यवृद्धि प्रति यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ । 
 
व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विरोध जनाउँदै बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी तत्काल मूल्य फिर्ता गर्न माग गरेको हो ।  
कोभिड–१९ का कारण प्रभावित यातायात क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले थप आघात पु¥याएको भन्दै व्यवसायीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेको महासंघको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
 
कोभिडको समस्यामा परेका व्यवसायीहरुले कुनै राहत नपाएको, सवारी कर, बैंकिङ्ग ब्याज तथा किस्तामा कुनै सुविधा नपाएको, बीमाको छुट नपाएको र बजारमा सवारी साधनको पार्टस् मेन्टेनेन्सको लागत समेत बढेको बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरी व्यवसायीहरुको ढाड सेक्ने काम गरेको महासंघको आरोप छ ।
 
पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको तर सवारी भाडा भने लामो समयदेखि यथावत नै रहेको भन्दै महासंघले तत्काल मूल्य वृद्धि फिर्ता लिन आग्रह समेत गरेको छ । अन्यथा महासंघको अर्को बैठक बसी मूल्य वृद्धिको विरुद्ध कठोर कदम चाल्ने चेतावनी समेत महासंघले दिएको छ । 
 
 

प्रतिक्रिया