भर्खरै

संघको नयाँ कार्यसमितिको लागि सचिव पदमा दुई जनाको उम्मेदवारी, अन्यमा एकल

  • प्रकाशित मिति : सोम, फागुन ३, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ३ फागुन । काठमाडौं विद्युतीय व्यवसायी संघको नयाँ कार्यसमितिको लागि सचिव पदमा दुईजनाले उम्मेदवारी दिएका छन् ।
आउँदो शनिबार हुन गइरहेको संघको एघारौँ वार्षिक साधारण सभा एवं छैठौँ अघिवेशनले नयाँ कार्यसमिति पाउँदै छ ।
 
उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न निर्वाचन अधिकृतले आइतबार अपराह्न ३ बजेसम्म दिएको सूचनाका आधारमा सचिव पदमा दुई जनाले र अन्य सबै पदका लागि एकल उम्मेदवारी परेको निर्वाचन अधिकृतले हिजो अपराह्न ४ बजे सार्वजनिक गरिएको पत्रमा उल्लेख छ । 
सचिव पदका लागि विद्युतीय व्यवसायी ओम प्रकाश जोशी र मिलन सिवाकोटीले उम्मेवारी दिएका हुन भने अध्यक्ष पदका लागि सरोज कुमार रेग्मी, उपाध्यक्षमा दिवेश कुमार जैन, कोषाध्यक्षमा श्रीलाल श्रेष्ठ, सहसचिवमा केशव खड्का रहेका छन् भने सदस्यहरुमा भिष्म राज श्रेष्ठ, नवराज न्यौपाने, पशुपति पाण्डे, रेवती रमण पौडेल, कृष्ण प्रसाद कुईकेल, दिपक सिलवाल, अन्जन तिमल्सीना, बुद्धि नारायण सापकोटा, योगराज चालिसेले उम्मेदवारी दिएका छन् । 
५७८ मतदाता सदस्य रहेको संघको फागुन ८ गते नयाँ बानेश्वरको अर्पण ब्याङक्वेटमा हुने एघारौँ वार्षिक साधारण सभा एवं छैठौं अधिवेशनले नयाँ कार्यसमिति समेत तय गर्ने भएको छ ।  
नयाँ कार्यसमिति चयनका लागि निर्वाचन अधिकृतले उम्मेदवारी मनोनयन पत्र दर्ता अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने समय फागुन ५ गते बुधबार अपराह्न ४ बजेसम्मको लागि समय सिमा तोकिएको छ । 
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 11 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 16 hours ago