भर्खरै

विद्युत महशुल नतिर्ने २ सय ५२ ग्राहकको लाइन काटियो, ७४ लाख ४६ हजार बक्यौता रकम असुल

  • प्रकाशित मिति : सोम, फागुन ३, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ३  फागुन । नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले लामो समय देखि विद्युत महसुल नतिर्ने ग्राहकहरुको लाइन काटेको छ । तीन महिना देखि एक वर्षभन्दा बढी विद्युत महशुल नतिर्ने २ सय ५२ जना ग्राहकहरुको प्राधिकरणले लाइन काटेको हो । 
 
नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका सुपरभाइजर महेन्द्र दुलालका अनुसार बारम्बार महशुल तिर्न आग्रह गर्दापनि अटेर गर्ने  २ सय ५२ ग्राहकको लाइन काटेको बताए । लाइन काटिनेहरुमा ग्राहस्र्थ विद्युत ग्राहकहरु रहेका छन् । 
 
केन्द्रका सुपरभाइजर दुलालका अनुसार ग्राहकको लाइन काटे पश्चात एक महिनामा ७४ लाख ४६ हजार एक सय उनान्सत्तरी रुपैयाँ बाँकी महसुल वितरण केन्द्रले उठाएको छ । लाइन काटिएपछि ग्राहक आएर वितरण केन्द्रमा महशुल बुझाइरहेका छन्, उनले विद्युत संसारसँगको कुराकानीमा भने 'दमक वितरण केन्द्रले महसुल तिर्न अटेर गर्ने ग्राहकको पहिचान गरी नियमितरूपमा लाइन काट्दै आइरहेको छ ।'  
           
माघ महिनामा मात्रै महसुल नतिरेका ग्राहकहरुको लाइन काटेर कारर्वाही गरेको वितरण केन्द्रले जनाएको छ । त्यस्तै, हुकिङ गरेर विद्युत चोरी गर्ने ११ जना ग्राहकलाई पनि कारर्वाहीको दायराभित्र ल्याएर उनीहरूबाट पनि ५३ हजार रुपैयाँ असुल गरिएको केन्द्रले जनाएको छ । वर्षौंसम्म महसुल तिर्न नआउने ३ जना कालो सूचीका ग्राहकलाई समेत कारर्वाही गरी उनीहरुबाट  १ लाख ८ हजार २ सय ८० रुपैयाँ असुल भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 5 hours ago