भर्खरै

ऊर्जा क्षेत्रमा सरकारको तीनवर्षे उपलब्धि, ३ वर्षमा थपियो ३३३ मेगावाट, ९० प्रतिशत जनतामा पुग्यो बिजुली

  • प्रकाशित मिति : बुध, फागुन ५, २०७७
  • - विद्युत संसार
title

काठमाडौं फागुन । वर्तमान सरकारका तीन वर्षका प्रमुख उपलब्धिहरु सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला तीन वर्षमा ३३३ मेगावाट बिजुली थप भएको बताएका छन् । 
प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोसी ९८.८ प्रतिशत सम्पन्न भइसकेकाले यसै आर्थिक वर्षमा ४५६ मेगावाट विद्युत् थप हुने समेत जानकारी दिए ।
उत्पादित बिजुलीलाई अधिकतम प्रयोग गर्न सक्ने बजार क्षेत्र, औद्योगिक क्षेत्र (लोड सेन्टर) सम्म बिजुली सेवा प्रवाह गर्नका लागि सरकारले आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइन गुरुयोजना तयार गर्ने गरी ३ वर्षको अवधिमा ६६ केभी क्षमताभन्दा माथिको विद्युत् प्रसारण लाइन ८३७ किलोमिटर विस्तार भई ४ हजार २५१ किलोमिटर पुगेको छ भने धनुषाको ढल्केबरमा देशकै सबभन्दा ठूलो विद्युत् सब–स्टेसन निर्माण भई सञ्चालनमा आएको छ ।
 
देशभरका ग्रिड सबस्टेशनको क्षमता तीन हजार १९८ एमभीए रहेकोमा तीन वर्षमा अवधिमा थप दुई हजार १३९ ले वृद्धि गरी कुल पाँच हजार ३५७ एमभीए पुगेको छ ।
म्याग्दी र पर्वतमा निर्माण भएको दोस्रो ठूलो विद्युत् सब–स्टेसनको हालै उद्घाटन गरिएको प्रधानमन्त्री ओलीले बताए । समिक्षा अवधिमा विद्युत पहुँच पुग्ने जनसंख्या ६ प्रतिशतले बढेर ९० प्रतिशत पुगेको जानकारी दिए ।
 
ओली नेतृत्वको सरकार गठन हुनुअघि १ हजार ९७ मेगावाट बिजुलीको जडित क्षमता थियो । हाल बढेर बिजुलीको जडित क्षमता १ हजार ४३० मेगावाट पुगेको छ । यस्तै चालू आर्थिक वर्षमा सरकारले जडित क्षमता ३ हजार मेगावाट पु¥याउने लक्ष्य लिएको छ ।
प्रतिव्यक्ति विद्युत् खपत ११० किलोवाट घण्टाबाट २६० किलोवाट प्रतिघन्टा पुगेको छ । विगतदेखि नेपाल विद्युत् प्राधिकरणको ठूलो समस्य मध्य चुहावटको समस्या पनि कम हुँदै गएको छ । विगतको १८ प्रतिशत सम्म देखिएको विद्युत् चुहावट हाल १४.५ प्रतिशतमा झरेको छ ।
  
सरकारले डिजिटल नेपालको अभियानलाई साकार पार्ने उद्देश्यले थ्री फेज मिटरलाई विस्थापन गरी स्मार्ट मिटर जडान गर्ने कार्य भइरहेको छ । यस्तै विद्युतका तारलाई भूमिगत गर्ने काम काठमाडौंबाट सुरु गरिएको छ जसलाई सरकारको उदाहरणीय कामको रुपमा लिइन्छ ।
 
ऊर्जाक्षेत्रमा निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न सरकारले वित्तीय व्यवस्थापनमा सस्तो ब्याजदर, सहज कर्जाको प्रक्रिया निर्माणका लागि स्पष्ट नीति निर्माण गर्दै आएको छ । पछिल्लो चरणमा वित्तीय सङ्घ÷संस्थाको लगानी ऊर्जा क्षेत्रमा थपिँदै गएको छ । फलस्वरुप दुई हजार ३५० मेगावाट उत्पादन क्षमताका १२३ वटा जलविद्युत् आयोजना निजीक्षेत्रबाट निर्माणाधीन अवस्थामा छन् ।
घर–घरमा छरिएर रहेको स–साना पँुजीलाई एकीकृत गरी ठूला आयोजना निर्माण गर्ने अभियानका साथ जनताको जलविद्युत् कार्यक्रम भइसकेको छ । जस अन्तर्गत जलविद्युत् आयोजनामा सर्वसाधारण नेपालीलाई शेयर वितरण गर्ने कार्य सरकारको सराहनिय मानिदै आएको छ । 
 
विगत तीन वर्षको अवधिमा लघु तथा साना जलविद्युत् आयोजना बाट कुल ३२ हजार ५११ किलोवाट विद्युत् उत्पादन गरिएको छ । देशभरी नौ लाख १३ हजार २७३ वटा घरेलु सौर्य विद्युत् प्रणालीको विकास गरिएको छ भने चार लाख २५ हजार ७११ घरायसी बायोग्यास प्लाण्ट जडान गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
वर्तमान सरकार बनेपछि विद्युतको उत्पादन, प्रसारण तथा वितरणमा प्रतिस्पर्धा कायम गर्न र ऊर्जाक्षेत्रको नियमनका लागि विद्युत् नियमन आयोगको स्थापना गरी पदाधिकारी चयन गर्ने काम पनि भएको छ ।
विद्युत् व्यापार साझेदारीमा अग्रसर
नेपालको समग्र विद्युत् प्रणालीको सुदृढीकरण र स्तरोन्नतिका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पाेरेशन अफ इण्डियाबीच आधा÷आधा प्रतिशत शेयर पुँजी रहने गरी नेपालले संयुक्त स्वामित्वको कम्पनी स्थापना गर्ने गरी द्विपक्षीय तथा बहुपक्षीय समझदारी तथा सम्झौता पनि गरेको छ ।
त्यसैगरी नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चिनियाँ लगानी भित्र्याउने सम्बन्धमा दुई देशबीच संयुक्त संयन्त्र तयार भएको छ । गल्छी–रसुवागढी– केरुङसम्मको ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र स्टेट ग्रिड कर्पाेरेशन लिमिटेड चाइनाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
 
नेपालका बिजुली भारतको बाटो हुँदै बङ्गलादेश सम्म लैजानका लागि नेपाल र बङ्गालदेशबीच आधारपत्र तयार भएको छ । नेपालको ऊर्जा विकासका आयोजनामा नेपालसँग संयुक्त लगानी गर्न बङ्गलादेशले सहमति जनाइसकेको छ ।
लक्ष्य अनुसारको काम अझै भएन  ?
प्रधानमन्त्रीले आफ्नो कार्यकालमा ३ सय ३३ मेगावाट विद्युत् उत्पादन भएको भन्दै प्रधानमन्त्री ओलीले यसलाई आफ्नो उपलब्धिको सूचीमा राखेका छन् । तर लक्ष्य भने ठूलै थियो सरकारका तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले सार्वजनिक गरेको श्वेतपत्रमा आर्थिक वर्ष २०७६÷७७ मा मात्रै ९ सय ८२ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने प्रक्षेपण गरिएको थियो । उक्त श्वेतपत्रले आर्थिक वर्ष २०७५÷७६ मा २ सय ८७ मेगावाट र २०७७÷८८ मा ४ सय ५४ मेगावाट गरी तीन वर्षमा १ हजार ५ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको भए पनि ३ सय ३३ मेगावाट मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको हो । 
 
राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण मोडालिटी अझै तयार हुन सकिरहेको छैन । यद्यपि बूढीगण्डकीको प्रारम्भिक कार्य २० प्रतिशतबाट ७० प्रतिशत सकिएको प्रधानमन्त्री ओलीले तीन वर्षका प्रमुख उपलब्धिहरु सार्वजनिक गर्ने क्रममा बताए । 
कागजी र भाषणमा मात्र पोख्त प्रधानमन्त्री र मन्त्रीहरुले लक्ष्य अनुसारको प्रतिफल कहिले पाउने आम जनताको चासो र आशाको केन्द्रबिन्दु बनेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 39 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago