भर्खरै

विद्युत महशुल बुझाउन आलटाल नगरौं

  • प्रकाशित मिति : बुध, फागुन ५, २०७७
  • - विद्युत संसार
title

नेपाल विद्युत प्राधिकरणले देशभरका वितरण केन्द्रहरुबाट पछिल्लो समय धमाधम विद्युत लाइन काट्न थालेका छन् । ग्राहकहरुले विद्युत महशुल समयमा नतिर्ने ग्राहकको विद्युत लाइन काटिरहेको अवस्था छ । ग्राहकले महशुल नतिर्नु नै प्राधिकरणका लागि प्रमुख समस्या बनेको छ । 
सोही कारणले पनि प्राधिकरणका कर्मचारी घरघरमै गएर  महशुल असुल्ने र महशुल नतिर्नेहरुको लाइन काट्दै आइरहेको छ ।
 प्राधिकरणका ग्राहकहरुमध्ये ग्राहस्र्थ ग्राहकले भन्दा सरकारी कार्यालयहरुले नै बढी महशुल नतिरेको पाइन्छ । ठूला–ठूला सरकारी कार्यालयहरुले नै वक्यौता रकम नतिर्दा नागरिकहरुमा पनि महशुल नबुझाउने कुरामा थप बल पुगेको छ । त्यसैले सर्वप्रथम सरकारी कार्यालयको विद्युत महशुल असुल गर्नतर्फ ध्यान दिनुपर्छ ।
 
देशको आम्दानीको मुख्य स्रोत भनेको नै राजश्व संकलन हो । राजश्व नै मुख्य आम्दानी स्रोत भएको देशमा हामीले नै राजश्व नतिर्दा समृद्ध, समुन्नत मुलक निर्माणमा बाधा पुग्छ । राजश्व नतिर्ने, राजश्व चुहावट गर्ने जस्ता गतिविधिलाई हामीले निरुत्साहित गर्नु हामी सबै जनताको पनि उत्तिकै दायित्व रहन्छ । त्यसैले समयमै विद्युत महशुल बुझाउन आलटाल नगरौं । 
 
वर्षौदेखि महशुल नबुझाएका ग्राहकहरु पनि छन् । प्रत्येक वर्ष–वर्षमा महसुल बुझाए–नबुझाएको बारेमा सम्बन्धित निकायले निक्र्यौल गरी लाइन काट्ने अभियान थाल्नुपर्ने थियो तर हालसम्म त्यसो हुन सकेन । यसरी समय–समयमा महशुल बुझाउन ताकेता नगर्दा पनि नगरिकमा महशुल बुझाउने कुरामा जागरुकता नआएको देखिन्छ ।
 
यो सँगै नीतिगत रुपमा पनि केही सुधार गर्नुपर्ने देखिन्छ । प्रविधिको विकाससँगै अब विद्युत कार्यालयबाटै एक वर्षसम्म महशुल नतिर्नेहरुको स्वचालित रुपमा लाइन काटिने प्रविधिको विकास गर्नु आजको पहिलो आवश्यकता बनेको छ । यो प्रविधिको विकास भए सबै ग्राहकहरुले विद्युत महशुल बुझाउन बाध्य हुने थियो । 
 
अर्कोतर्फ विद्युत महशुल तिर्न नै धेरै झनझट हुने अवस्था अझै अन्त्य भएको छैन । छिटफुट रुपमा पछिल्लो पुस्ताले प्रविधिको माध्यमबाट महशुल बुझाउछन् तर पुराना पुस्ता यसबाट अनविज्ञ छन् । पुराना पुस्ताहरुलाई पनि प्राधिकरणले प्रविधिको प्रयोग गरी महशुल बुझाउन सक्ने खालका जानकारी मुलक कार्यक्रम समय समयमा ल्याउन आवश्यक छ । तब मात्र अधिकांश स्थानमा अझै पनि घण्टौ लाइन लाग्नु पर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ त्यसैले प्राधिकरणको पनि यस्ता विषयमा समयमा ध्यान पुगोस् ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 34 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago