भर्खरै

‘गुणस्तरीय प्राविधिक शिक्षा दिनु प्रमुख उद्देश्य हो’

  • प्रकाशित मिति : बुध, फागुन ५, २०७७
  • - ईन्जिनियर. गुणानन्द झा, प्रिन्सिपल, बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी
title
२०३८ सालमा एस.एल.सी.गरेपछि पुल्चोक क्याम्पसबाट सिभिल ओभरसियरबाट प्राविधिक क्षेत्रमा लागेका ई. गुणानन्द झा  २०५८ साल मा.वि.ई. सिभिल इन्जिनियरि· गर्नुका साथै पछि कन्स्ट्रक्सन म्यानेजमेन्टमा मास्टर डिग्री गर्ने अवसर पाए । कामको हकमा २०४२ साल देखि विभिन्न कन्सलटेन्सी तथा कन्स्ट्रक्सन कम्पनीहरुमा काम गर्दै २०४८ साल देखि परिषद सेवामा प्रवेश गरे । परिषदमा काम गर्ने सिलसिलामा सेती प्राविधिक शिक्षालय,राप्ती प्राविधिक शिक्षालय,राष्ट्रिय सीप परिक्षण समिति एवंम परिषद् केन्द्रीय कार्यालयमा काम गर्दै २०७७ आश्विन देखि बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजिमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको झा सँग विद्युत संसारका भीमलाल श्रेष्ठले गरेका कुराकानी संक्षिप्तमा :

ईन्जिनियर. गुणानन्द झा, प्रिन्सिपल, बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी

यस कलेजमा प्राविधिक शिक्षा अन्तर्गत हाल कस्तो कार्यक्रम सञ्चालन भइरहेका छन् ?
२०१८ सालमा स्वीस सरकारको सहयोगमा मेकानिकल प्रशिक्षण केन्द्रको रूपमा स्थापना भएको यो कलेज स्थापनाको लामो समय पश्चात् वि.सं.२०४७ सालमा बालाजु टेक्निकल ट्रेनिङ्ग सेन्टर बन्न पुग्यो । यो सँगै पुनः २०६३ सालमा बालाजु स्कुल अफ् इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजि हुन पुगेको इतिहास हामीसँग छ । 
हाल प्राविधिक शिक्षा अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ्ग तर्फ सिभिल इन्जिनियरिङ्ग, मेकानिकल इन्जिनियरिङ्ग, इलेक्ट्रिक इन्जिनियरिङ्ग, अटोमोवाइल इन्जिनियरिङ्ग र मेकानिकल इन्जिनियरिङ्ग तथा पि.सि. एल ईन अप्थाल्मिक साईन्स विषयमा अध्यापन हुँदै आएको छ । साथै प्रि–डिप्लोमा (T-SLC) तर्फ मेकानिकल, इलेक्ट्रिकल र स्यानिटेरी इन्जिनियरिङ्ग विषयमा १८ महिना अध्यापन गराउँदै आएको छौ । यसमा ६ महिनाको अन द जब टेनिङ्ग ९इव्त्० पनि हुन्छ । यसका साथै मेकानिकल, इलेक्ट्रिकल र अटोमोवाइल इन्जिनियरिङ्गमा २४ महिने अप्रेंन्टिसिप (कार्यगत तालिम) पनि सञ्चालनमा छ । छोटो समयावधिमा दक्ष प्राविधिक उत्पादन गर्ने उद्धेश्यले समय समयमा  डिमाण्ड बेसमा आधारित भएर उद्योग तथा अन्य क्षेत्रका लागि प्राविधिकहरु आवश्यक परेको खण्डमा एक हप्ता देखि ६ महिना सम्मका छोटो समयावधिको तालिम पनि प्रदान गर्दै आएका छौ ।
 
सीटीईभीटी अन्र्तगत यस प्राविधिक शिक्षालयले देशको दुरदराज सम्म सबैको पहुँच पु¥याउने उद्देश्यले आर्थिक रुपमा कमजोर, विपन्न, दलित महिला, मधेशी,हलिया, कमैया जस्ता पिछडिएका वर्गहरुलाई आरक्षण कोटा समेत प्रदान गर्दै आएको छ । यस कलेजले हाल सम्म १५ हजार भन्दा बढि दक्ष प्राविधिक जनशक्तिहरु उत्पादन गरिसकेको छ ।
 
प्रविधिको क्षेत्रमा बालाजु टेक्नोलोजि कलेजको अवस्था कस्तो छ ?
हाल सञ्चालनमा रहेका सम्पूर्ण कार्यक्रमहरुको लागि आवश्यक भौतिक पुर्वाधार रहेको यस कलेजमा भएका लाईब्ररी वर्षौ पुराना छन् । हामीले कलेजमा छिटै सीटीईभीटीको मापदण्ड अन्तर्गत रहेर आधुनिक रुपमा सबै विद्यार्थीहरुका लागि उपयोग हुनेगरी इ–लाईब्ररी सहितको आधुनिक पुस्तकालय  स्थापना गर्ने योजनामा भवन निर्माण भइसकेको छ । यसले छिटै पूर्णता पाउनेमा हामी आशावादी छौं । 
 
यस कलेजबाट उत्पादित विद्यार्थीहरुको प्रभावकारीताको बारेमा बताईदिनुहोस न ?
कलेजबाट उत्पादित प्राविधिक विद्यार्थीहरु करिव ८१ प्रतिशत प्रि–डिप्लोमा तहका (टि.एस.एल.सी) अन्तर्गत रोजगारी पाइरहेका छन् । डिप्लोमा तहका प्राविधिकतर्फ भने ७१.६६ प्रतिशत विद्यार्थीहरु रोजगारी पाइरहेका छन् । यहाँबाट उत्पादित प्राविधिक विद्यार्थी नेपालमा मात्र होईन अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो दक्षताको प्रयोग गरिरहेको अवस्था छ । सरकारकै नीति अनुसार नै हाम्रो कलेजले चार दशक देखि निरन्तर गुणस्तरीय प्राविधिक जनशक्तिहरु उत्पादन गर्दै आएको छ । 
 
वि.सं. २०७३ सालदेखि बालाजु स्कुल अफ इन्जिनियरि· एण्ड टेक्नोलोजि कलेज जब फेयर हुने गरेको थियो यो वर्ष के हुँदैछ ? बताईदिनुहोस् न ।
कोरोना महामारीका कारण ९महिना पछि पुस महिनाबाट नियमित कक्षा सञ्चालनमा आएको कारण नियमित कार्य तालिकाहरुमा असर पर्न गएको छ । विगतका वर्षहरुमा जस्तो निश्चित समयमा गर्न नसकिएता पनि आगामी सन २०२१ को डिसेम्बर सम्म प्रायोजकहरुको साथ पाएमा कलेजले सञ्चालन गर्दै आएको जब फेयर कार्यक्रमलाई निरन्तरता दिईनेछ ।  नेपालका उद्योगी व्यवसायीहरुले  निरन्तरता दिनेमा समेत आशावादी छौं ।
 
कलेजको समृद्धिका लागि सरोकार निकायले कस्तो भुमिका खेल्नुपर्ला ?
बालाजु स्कुल अफ इन्जिनियरिंङ्ग एण्ड टेक्नोलोजी सीटीईभीटी अन्तर्गत पायोनियर कलेज नै हो । हाल काठमाडौं उपत्यकामा मात्र सीटीईभीटीका तीन वटा आंगिक कलेज भएका छन् ती मध्ये पनि सबैभन्दा पुरानो इतिहास बोकेको कलेज बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजि नै हो । हाल विद्यालयमा लगभग १२ सय विद्यार्थी र १५० (फुल टाईम र पार्ट टाईम गरी) हारहारीमा कर्मचारी रहेका छन् जसअनुरुप कलेज सञ्चालन गर्न चाहिने आवश्यक बजेट हामीले प्राप्त गरेकै अवस्था छ । काठमाडौ महानगरपालिकाले पनि हाम्रो कलेजको लागि पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्कोतर्फ कलेजले पूर्वाधार विकासमा नयाँ भवनको लागि  डिजाइन गरिसकेकौ अवस्था छ र सोहि विषयमा महानगरपालिकासँग सहकार्य गरेर काम अगाडि बढाउने योजनामा छौ । हामीले प्राविधिक शिक्षा तथा तालिम परिषद स्थानीय निकायहरुबाट पनि सहयोग पाएकै छौ । 
 
कोभिड–१९ पछि कलेजमा अध्ययनको अवस्था कस्तो छ । छोटो अवधिको तालिम साथै ऐप्रेन्टिसीप तालिमप्रतिविद्यार्थीहरु कत्तिको उत्साहित छन् ?
कोभिड–१९ पछि हामीले पुसको पहिलो हप्तादेखि पुराना विद्यार्थीहरुको लागि भौतिक रुपमा कक्षा सञ्चालन सुरु ग¥यौ भने नयाँ विद्यार्थीहरुको लागि माघको पहिलो हप्ताबाट कक्षा सञ्चालन गरेका छौ । हाल पुराना तथा नयाँ दुवै खालका विद्यार्थीहरु पूर्ण रुपमा प्रत्यक्ष कक्षामा सहभागी भई शिक्षा लिइरहेको अवस्था छ । 
एउटा नीजि संस्थाले चलाउने तालिमको लागि ती संस्थाले गर्ने कस्टिङ्ग भन्दा हामीले दुई गुना बढी कस्टिङ्ग गरेर तालिम दियो भने पनि प्राइभेट संस्थाले हाम्रो कलेजलाई नै राज्ने रहेछ । हालै वैदेशिक रोजगार विभागले विभिन्न संंस्थाहरुसँग छोटो अवधिका तालिमहरुको लागि सहमति ग¥यो यसमा सीटीईभीटीका संस्थाहरु पनि परे तर विभागको सोच चाही सबैभन्दा पहिलो सम्झौता बालाजु स्कुलसँग हुन्छ त्यसपछि मात्र अन्य संस्थाहरुसँग हुन्छ भनेर टिप्पणी गरेका थिए  । यसले पनि बालाजु टेक्निकल कलेजको शैक्षिक गुणस्तरको मापन गरेको छ । 
 
ऐप्रेन्टिसीप तालिम भनेको चाँही २४ महिने कार्यगत तालिम हो । सुरुको साढे ३ महिना कलेजमा नै बेसिक कक्षाहरु दिने गर्दछौ त्यसपछि लगभग साढे १९ महिना फिल्डमा र उद्योगमा  नै गएर प्रयोगात्मक अभ्यास गराउने गर्दछौ । र अन्त्यमा एक महिना ब्लक शिक्षा तालिम दिन्छौ । यो अन्तिम महिनामा २३ महिना सिकेका विषयहरुको आन्तरिक मूल्याङकन गर्ने सीटीईभीटीको परीक्षाको तयारी अन्तर्गत रहेर अध्यापन गर्ने गरेका छौ । केही समयको भिडले रोकिएको अवस्थामा रहेको त्यस्ता तालिमहरु अब सुचारु अवस्थामा छ । 
 
निर्माण क्षेत्रमा इलेक्ट्रिक तथा प्लम्विङ्ग ड्रोइङ्ग अवधारणामा सबै जसो निकायले व्यवहारिकतामा ल्याउन नसक्नुलाई तपाई के भन्नु हुन्छ ?
घर निर्माण हुदाँ नगरपालिकाले दुई चरणमा अनुमति दिन्छ । पहिलो नक्सा बनाईसके पछि डिपिसि लेवल सम्म र डिपिसि लेवल देखि माथि बनाउन अर्को अनुमति दिन्छ । जब घर बनाईसके पछि कार्य सम्पन्न प्रमाणपत्र लिनुहुन्छ यसघरको सुपरभिजन कुन इन्जिनियरले गरेको हो भन्ने जानकारी दिनु पर्छ । यसरी नै सो घरको निर्माणमा इलेक्ट्रिकल र प्लम्विङको कार्य पनि प्रमाणपत्र बाहक  प्राविधिकले गर्ने नियम भएमा हाम्रो जनशक्तिले उचित काम पाउने छ भन्नेमा विस्वस्थ छु । 
हामी करोडौको घर निर्माण गर्दा महत्वपूर्ण इलेक्ट्रिक र प्लम्विङको क्षेत्रलाई पनि बेवास्था गरेर सस्तोको पछाडि लागेका हुन्छौ यो विडम्बनाको विषय हो । इलेक्ट्रिक र प्लम्विङको क्षेत्रलाई पनि उत्तिकै महत्व दिएर घर तथा भवनको निर्माण गर्नुपर्दछ । यस्ता विषयमा राज्यले केही बाध्यकारी नीति ल्याउन जरुरी ठान्दछु ।
 
कलेजको भवि कार्ययोजना के–कस्ता छन् ? बताईदिनुहोस् न ।
हाम्रो कलेजले दिने जुनसुकै प्राविधिक शैक्षिक अध्ययनको गुणस्तर भएको भन्दापनि अझ राम्रो बनाउनु नै मूख्य योजना हो । हाल भएका कार्यक्रमहरुलाई यथावत राख्दै अझ थप कार्यक्रमहरु सञ्चालनको लागि सरोकार निकायहरुसँग समन्वय गरेर पूर्वाधारहरुको पनि विकासमा जोड दिंदै छौ । समय सापेक्ष कलेजका पुस्तकालयलाई प्रविधिमैत्री बनाउँदै केही समयमा ई–लाईबेरीको अवधारणलाई अगाडि बढाएका छौं । यहाँ अध्यनरत विद्यार्थीहरुका पास रेटलाई बढाएर कसरी योग्य र दक्ष जनशक्ति निर्माण गर्न सकिन्छ भन्ने तर्फ नै हाम्रो ध्यान केन्द्रित भएको छ । 
 
अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहानुहुन्छ ?
प्राविधिक शिक्षा भनेको गरिखाने शिक्षा हो । प्राविधिक शिक्षा पढेकाहरु आफ्नो योग्यता र क्षमता अनुसार आफ्नो आर्थिक अवस्था सुधार गरिरहेका छन् । अरु शिक्षा पढिसकेपछि पनि रोजगारी नपाएका धेरै जनशक्ति छन् तर प्राविधिक शिक्षा पढिसकेपछि बेरोजगारी भएर बस्नुपर्ने अवस्था आउँदैन् । यो कुरा सबै विद्याथी एवं अभिभावकले बुझ्न जरुरी छ । त्यसैले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको कुरामा कुनै दुईमत छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago