भर्खरै

विद्युतमा आत्मनिर्भर बन्दै पलाँता गाउँपालिका

  • प्रकाशित मिति : बुध, फागुन ५, २०७७
  • - विश्वनाथ सिंखाडा
title
कालिकोट l कालिकोटको पलाँता गाउँपालिका विद्युतमा आत्मानिर्भर बन्न लागेको छ । गाउँपालिकाका ९ वटा वडामध्ये ७ वटामा बिजुली पुगेको हो ।
गाउँपालिकाले चार वटा लघुजलबिद्युत आयोजनाबाट उत्पादन सुरु गरी बिजुलीमा आत्मनिर्भर बन्न लागेको हो । गाउँपालिकाले २८ किलोवाटको भूँचीखोला, एक सय किलोवाटको दुरसी खोला, ७० किलोवाटको औँलाखोला र एक सय ३० किलोवाटको दार्मिघाट लघुजलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु गरेको हो ।
ती आयोजनाबाट गाउँपालिकामा २ हजार ७ सय घरधुरीमध्ये २ हजार १ सय घरधुरीमा बिजुली बत्ती बलिसकेको गाउँपालिकाका उर्जा संयोजक जनराज बमले जानकारी दिए । उनका अनुसार बाँकी ५ सय घरधुरीमा केही महिनामै बत्ती बलिसक्ने गरी काम भइरहेको छ । ‘गाउँपालिकाको वडा नं. १, २ र ३ मा आधा घरधुरीमा बत्ती बलेको छ भने वडा न. ८ मा विद्युत छैन’, उनले भने, ‘ती ठाउँमा अहिले विद्युतका पोलहरू गाड्ने काम भइरहेको छ ।’  
बत्ती नबलेका ती ठाउँमा एक÷दुई महिनामै बिजुली बत्ती बाल्ने योजनाका साथ काम गरिरहेको संयोजक बमले बताए । ‘पलाँता गाउँपालिका विद्युतले आत्मानिर्भर भइसकेको छ’, उनले भने । 
चुनावका बेला जनतामाझमा गएर बोलेका बाचा अधिकांश पूरा गरिसकेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले दाबी गरे । सडक, बिजुली, स्वास्थ्य, शिक्षा र रोजगारी आफ्नो पहिलो प्रथामिकतामा रहेको बताउँदै बिजुली र सडकको पूर्वाधार निर्माणमा आफू सफल भएको बताए । ‘मै गरेका प्रतिबद्धता आफ्नो तीन वर्षको कार्यकालमा करिब पूरा भइसकेका छन् । अब केही विकासका प्रतिबद्धता पूरा गर्न बाँकी छन्’, उनले भने,  ‘अरू जस्तो विकास गर्न पलाँतामा सजिलो छैन । चुनौतिका बावजुद पनि विकास गरिरहेका छौँ ।’ 
 
 अध्यक्ष बमले सबै स्थानमा सडक पु¥याउन नसके पनि अधिकांश स्थानमा सडक बाटो पु¥याएर भारी बोकेर पैदल हिँड्न पर्ने अवस्थाको अन्त्य गरेको बताए । उनले जिल्लामै पहिलोपटक गाउँपालिकामा १५ शैय्याको अस्पतालबाट सेवा दिन थालिएको समेत जानकारी दिए ।
 
एक सय घरधुरीलाई निःशुल्क बत्ती
गाउँपालिकाका अति बिपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरूका लागि विद्युत महशुल छुट गरेको उर्जा शाखाले जनाएको छ । उर्जा शाखा संयोजक बमका अनुसार गाउँ कार्यपालिकाले निर्णय गरेर गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका, अशक्त तथा असाहयहरूका लागि विद्युत महशुल छुट गरिएको हो । 
पालिका खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago