भर्खरै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति चर्को विरोध

  • प्रकाशित मिति : शुक्र, फागुन ७, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, फागुन । एकसाताभित्र दुईपटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको चर्को विरोध भएको छ ।  
बिहीबार नेकपाको दाहाल–नेपाल समूहनिकटका विद्यार्थीहरुल नेपाल आयल निगमको केन्द्रीय कार्यालय बबरमहल घेराउ गरी विरोध गरेका छन् ।  
प्रदर्शनकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने र प्रतिनिधिसभा विघटन विरुद्ध बिहीबार नारा जुलुस गरेका थिए । 
 
पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ ।
सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया