झापामा आज एक घण्टा विद्युत अवरुद्ध हुने

  • प्रकाशित मिति : शुक्र, फागुन ७, २०७७
  • - विद्युत संसार संवाददाता
title

झापा, फागुन ।  नेपाल विद्युत प्राधिकरण अन्तर्गत दमक वितरण केन्द्रले आज एक घण्टा विद्युत अवरुद्ध गर्ने भएको छ । 
पाडाजुङ्गी मा ६३ एमभीए पावर ट्रान्सफर्मरको अर्थिङ र केबुल हेड मर्मत गर्नुपर्ने भएको आज दिउँसो १ बजे देखि २ बजे सम्म  विद्युत विद्युत सट डाउन गर्ने भएको हो । 
 
वितरण केन्द्रका अनुसार उक्त समयमा दमक वितरण केन्द्र, उर्लाबारी वितरण केन्द्र र गौरादह वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण क्षेत्रहरुमा आज दिउँसो १ घण्टा विद्युत् आपूर्ति बन्द गरिने भएको छ । लाइन अवरुद्ध भई ग्राहक तथा उपभोक्ताहरुमा पर्न जाने असुविधालाई ध्यानमा राखि तोकिएको समय भन्दा अगावै काम सम्पन्न भएमा विद्युत लाइन सञ्चालन गरिने प्राधिकरणले जारी गरिएको सूचनामा उल्लेख छ । 
 
दमक वितरण केन्द्रले जारी गरेको सूचना 
 

प्रतिक्रिया