भर्खरै

संघको एघारौं बार्षिक साधारण सभा एवं छैटौं अधिवेशन ले सचिव पदमा सिवाकोटी निर्वाचित हुदै अधिवेशन सम्पन्न

  • प्रकाशित मिति : शनि, फागुन ८, २०७७
  • - भीमलाल श्रेष्ठ विद्युत संसार
title
 
फागुन ८ गते काठमाण्डौं । काठमाण्डौं विद्युतीय व्यवसायी संघको एघारौं बार्षिक साधारण सभा एवं छैटौं अधिवेशन ले सचिव पदमा मिलन   सिवाकोटी लाई अत्याधिक मतले निर्वाचित गरेका छन । यस संघको नविकरण भएको सदस्य संख्या ३७६रहेको मा निर्वाचनमा सहभागि सदस्य संख्या २८६ मतदाताहरुको उपस्थिति रहेको थियो ।  जसमध्ये ३ जनाको मत बदर भएकोमा सचिव पदका प्रत्यासी ओम कुमार जोशी ले १०३ मत प्राप्त गरेको थियो भने मिलन सिवाकोटीले १८० मत प्राप्त गरि कुल उपस्थित मतदाताको  करिब ६३ प्रतिशत ल्याएर  सिवाकोटीले सचिव पदम विजय भएको  प्रमुख निर्वाचन  अधिकृत कुमार दास रजिंतले विद्युत संसार सँगको कुराकानीमा बताए । 
 
संघको एघारौं बार्षिक साधारण सभा एवं छैटौं अधिवेशन ले अध्यक्ष पदमा सरोज कुमार रेग्मी,उपाध्यक्ष दिवेश कुमार जैन,कोषाध्यक्षमा श्रीलाल श्रेष्ठ,सहसचिवमा केशव खड्का रहेका छन भने सदस्यहरुमा भिष्मराज श्रेष्ठ,नवराज न्यौपाने,पशुपति पाण्डे,रेवती रमण पौडेल,कृष्ण प्रसाद कुईकेल,दिपक सिलवाल,वुद्धि नारायण सापकोटा र योगराज चालिसे सर्वसम्मत निर्वाचित भएका छन् भने अन्जन तिमिल्सनालाई मनोनित सदस्यमा निर्वाचित भएका छन् । तर कार्यसमिति पदाधिकारीमा महिला सदस्य तथा समावेशि को आरक्षण बाट महिला सहभागिता बिहिन बनाउदै अधिवेशन सम्पन्न भएको छ । 
 
यस अधिवेशनमा प्रमुख अतिथी सुचना,संञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङ्ग,विशेष अतिथी नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्याल, नेपाल विद्युत प्राधिकरण का बाग्मती प्रदेशका सूर्य नारायण मण्डल सहित उपस्थिती रहेको  थियो ।
 
कार्यक्रम अर्पण व्यक्केट थापागाउँ बानेश्वरमा  करिब ८३ प्रतिशत को उपस्थितीमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन मिलन सिवाकोटी र साधारण सभा एवं आधिवेशन संयोजक श्रीलाल श्रेष्ठले गरेको थियो ।
 
गोंगबु एरिया बिजुली व्यवसायी समितिको पूर्ण उपस्थिती,निर्वाचनमा महत्वपूर्ण भूमिका
 
काठमाण्डौं विद्युतीय व्यवसायी संघ अन्र्तगत रहेको पहिलो उपसमितिको रुपमा गठन गरिएको समिति  गोंगबु एरिया बिजुली व्यवसायी समिति हो । यो समितिले संघको गतिविधि र व्यवसायीलाई परेको समसया समाधान गर्न पुलको रुपमा काम गर्नको लागि स्थापित उपसमिति हो ।
 
यस अधिवेशन सम्पन्न गर्न गोंगबु एरिया बिजुली व्यवसायी समिति एरिया बाट पूर्ण उपस्थितीले संघको निर्वाचनमा महत्वपूर्ण भूमिका रहेको करिब ६५ जना व्यवसायीहरुको सामुहिक निर्णयले गर्दा संघको अधिवेशनको निर्वाचनमा पद्धतीको बिकाशलाई आत्मसाथ गरी अगाडी बढन महत्वपूर्ण भुमिका रहेको समेत अग्रज व्यवसायीहरुले बताएका छन ।
 
यस एरिण्याको व्यवसायी एकताको कारण संघको पदाधिकारी तथा सदस्य पदमा प्रत्येक बर्ष अधिवेशनमा महत्वपूर्ण पद समेत हातपार्न सफल भएको गोंगबु एरिया बिजुली व्यवसायी समितिका संयोजक रामकृण्ण कोइरालाले हामीसंगको कुराकानीमा बताए । कोईरालाले भने, “गत बर्षको अधिवेशनबाट सचिव पदमा मुक्ति सापकोटाले कार्यकाल सफल बनाए भने यस बर्ष नवराज न्यौपाने लाई सर्वसम्मत सदस्य पदमा पठाएको समेत बताए ।”  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago