भर्खरै

यस वर्षभित्रै गण्डकीका हरेक घरमा बिजुली पुग्ने, अब १३ प्रतिशत घरधुरीमा मात्रै बिजुली पुर्‍याउन बाँकी

  • प्रकाशित मिति : आईत, फागुन ९, २०७७
  • - Admin
title
फगुन ९ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा गण्डकी प्रदेशका सम्पूर्ण नागरिकको घरमा बिजुली बत्ती पुर्‍याउने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताएका छन् ।
 
सरकारको उज्यालो प्रदेश बनाउने योजनाअनुसार चालु आर्थिक वर्षमै प्रदेशका सम्पूर्ण नागरिकहरूको घरमा बिजुली बत्ती बालिने मन्त्री बस्नेतले बताएका हुन् ।
 
‘अब गण्डकी प्रदेशका जनता अँध्यारोमा बस्नुपर्ने दिन सकिनै लाग्यो । प्रदेश सरकारले धमाधम काम गरिरहेको छ’, आश्वस्त पार्दै उनले भने, ‘ढुक्क हुनुस्, चालु आर्थिक वर्षभित्रै सबै जनताको घरमा विद्युत पुर्‍याउँछौँ ।’ 
 
प्रसारण लाईन नपुगेका ११ सय घरधुरीमा सौर्यबत्ती

प्रदेश सरकारले उज्यालो प्रदेश अभियान अन्तर्गत हालसम्म प्रसारण लाईन नपुगेका विभिन्न जिल्लाका ११ सय घरधुरीमा सौर्यबत्ती जडान गरिसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका अनुसार गोरखाको घार्चे र चुमनुब्री गाउँपालिकामा २३० सेट, म्याग्दीको धौलागिरी गाउँपालिकामा १२० सेट, मनाङको नार्फाभूमि  गाउँपालिकामा १ २० सेट, मुस्ताङको बारागुुङ मुक्तिक्षेत्रमा १५ सेट, लोमाथाङ्गमा ३३८, लो(घेकर दामोदरकुण्डमा ४७ सेट सौर्यबत्ती जडान भइसकेको छ । 
 
जडान गरिएका सौर्यबत्तीमध्ये मनाङको नार्फाभूमि गाउँपालिकामा २० वाट क्षमताको ७५ थान र बाँकी सबै ५० वाट क्षमताको बत्ती जडान गरिएको सिंचाईँ तथा उर्जा महाशाखा प्रमुख हरिदत्त पौडेलले बताएका छन् ।
 
२६ लघुुविद्युत योजनाको मर्मत सम्पन्न, ४३ को मर्मत हुँदै
गण्डकी प्रदेश सरकारले हालसम्म विभिन्न जिल्लामा बिग्रिएर उत्पादन बन्द भएका २६ लघुजलविद्युत योजनाको मर्मत गरिसकेको छ । जसबाट ९५७ किलोवाट विद्युत उत्पादन सुरु भइसकेको महाशाखा प्रमुख पौडेलले जानकारी दिए । 
 
आर्थिक वर्ष २०७५/७६ मा गोरखाका २, बाग्लुङका ५ र लमजुुङका ६ वटा लघुुविद्युुत मर्मत गरी उत्पादन सुरु गरेको हो । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा मुस्ताङका ३, बाग्लुङका ७, म्याग्दी, स्याङ्जा र गोरखाका आयोजनाको मर्मत गरिसकेको छ । 
चालु आर्थिक वर्षमा सरकारले प्रदेशभरका ४३ वटा लघुुजलविद्युत आयोजना मर्मतको काम गरिरहेको छ । यी आयोजनाबाट सरकारले १ हजार ८०३ किलोवाट बिजुली उत्पादन सुरु गर्ने लक्ष्य लिएको महाशाखा प्रमुख पौडेलले बताए ।
 
१३ प्रतिशत घरधुरी बिजुली पुर्‍याउन बाँकी
गण्डकी प्रदेश सरकारको हालसम्म ८७ प्रतिशत घरधुरीमा बिजुली पुगिसकेको छ । अब १३ प्रतिशत घरधुरीमा मात्रै बिजुली पु¥याउन बाँकी रहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 
 
प्रदेश सरकारले हालसम्म विद्युतमा ३७ करोड २३ लाख ८ हजार रूपैयाँ रकम निकासा गरेको छ । 
 
उज्यालो प्रदेश बन्छ, हामी जनता अँध्यारोमा बसेको हेर्न सक्दैनौँ : मन्त्री बस्नेत

 
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले यसै वर्ष गण्डकी प्रदेश सरकार उज्यालो प्रदेश बन्ने बताएका छन् ।
‘प्रदेश सरकार लामो समयसम्म आफ्ना जनता अँध्यारोमा अनि टुकी र मैनबत्तीको भरमा बसेको हेर्न सक्दैन’, मन्त्री बस्नेतले भने, ‘हामी यसै वर्ष गण्डकी प्रदेश सरकारलाई उज्यालो प्रदेश  घोषणा गर्ने तयारीमा छौँ । यसै वर्ष प्रदेशका सबै जनताहरूको घरघरमा बिजुली पुग्छ ।’
–पालिका खबरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago