भर्खरै

मुसहर बस्तीमा सुधारिएको चुलो

  • प्रकाशित मिति : आईत, फागुन ९, २०७७
  • - रासस
title
चितवन ९ फागुन । पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका–७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको हो ।
 
सपना भिलेज सोसल इम्प्याक्ट सौराहा र बाघमारा मध्यवर्ती सामुदायिक वनले संयुक्तरूपमा ४२ परिवारलाई सुधारिएको चुलो वितरण गरेका हुन् । तीनवटा दाउराले दाल, भात र तरकारी सजिलै पकाउन सकिने सजिलो चुलो मुसहर समुदायलाई प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । मुसहर बस्तीमा आयोजित कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेती, इम्प्याक्टका अध्यक्ष गिरी र बाघमारा सामुदायिक वनका अध्यक्ष जीतु तामाङले संयुक्तरूपमा मुसहर महिलालाई चुलो हस्तान्तरण गगरे ।
 
कार्यक्रममा वनका अध्यक्ष तामाङले दाउराको प्रयोग गरेर खाना पकाउँदा महिलाको स्वास्थ्य तथा बस्ती नै कुरूप बन्दै गएकाले सुधारिएको चुलो प्रदान गरिएको बताए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago