भर्खरै

घर जग्गाको कारोबार कम्पनीमार्फत गराउने सरकारको तयारी

  • प्रकाशित मिति : सोम, फागुन १०, २०७७
  • - पत्रपत्रिकाबाट
title
काठमाडौं, फागुन । सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ।
 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘कम्पनी’ मार्फत मात्रै किनबेचको व्यवस्था गर्न लागेको हो । 
 
मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गा किनबेचका लागि भूमि बजार (ल्यान्ड मार्केट) स्थापना गरी आधिकारिक निकाय तोकिने जानकारी दिए । यो प्रक्रिया कार्यान्वयनमा आइसकेपछि जग्गा किन्ने, बिक्री गर्ने मान्यता प्राप्त निकायबाहेक व्यक्तिले व्यक्तिलाई जग्गा बिक्री गर्न पाउने छैनन् ।
 
‘यस्तो व्यवस्था कार्यान्वयन भए घरजग्गा किनबेच हुँदा हुने अनियमितता रोकिनेछ’, उनले भने । भूमि बजार कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषय टुंगो लागेको छैन । ‘मन्त्रालयअन्तर्गत रहने या छुट्टै निकाय रहने वा त्यसको जिम्मा निजी क्षेत्रलाई दिने भन्नेमा अध्ययन भइरहेको छ’, उनले भने । भूमि बजार सञ्चालन गर्न कार्यविधि, ऐन, नियम र संरचना कस्तो बनाउने भन्नेमा प्रारम्भिक छलफल सुरु भएको छ । 
 
भूमि बजारका लागि मन्त्रालयले समिति बनाएर थप अध्ययन गरिरहेको छ । जग्गा खरिद बिक्रीमा दलाल प्रवृत्ति निकै हाबी छ । उनीहरूले सर्वसाधारणलाई ठग्नुका साथै राजस्व पनि चुहावट भइरहेको छ । अब जग्गा किन्न र बेच्न इच्छुक व्यक्तिले सरकारले तोकेको आधिकारिक संस्थामा जानुपर्छ । खरिदकर्ताले आफूलाई पायक पर्ने र मनपर्ने स्थानमा सहजै जग्गा खरिद गर्न पाउनेछन् । बिक्री गर्ने व्यक्तिले पनि उक्त निकायमार्फत सहजै जग्गा बिक्री गर्न सक्छन् । 
 
अन्नपूर्ण पोष्ट दैनिकबाट ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago