भर्खरै

काम भन्दा राजनीतिक भेलामा अग्रसर मन्त्रीहरु

  • प्रकाशित मिति : बुध, फागुन १२, २०७७
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं १२ फागुन । प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिरता मात्रै शुरु भएको छैन् सरकारका काम कारवाही नै प्रभावित बन्न पुगेको छ । सत्तारुढ दल नेकपा फुटेर ओली पक्ष र माधव–प्रचण्ड पक्ष गरी दुई समुहमा विभाजित हुँदा सरकारको नेतृत्वकर्ता केपी शर्मा ओली र उनको समुहका मन्त्रीहरु पुस ५ यता अधिकांश समय आफ्नो कदमको बचाउ र अर्को पक्षको चर्को आलोचना गर्नमै व्यस्त छन् । प्रधानमन्त्री ओलीदेखि अधिकांश मन्त्रीहरुलाई मन्त्रालयको कामभन्दा आरोप प्रत्यारोप सहित दौडाहामा भ्याईनभ्याई छ ।
 
तत्कालिन समयमा नेकपा एमाले र माओवादीको संयुक्तमा निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी बने सँगै देशको सत्ता सम्हाल्ने अवसर नै जनताले जुराईदिए । वर्तमान समयमा नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा आफ्नै पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले काम गर्न नदिएको आरोप लगाउँदै पुस पाँच गते आफूखुसी प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओली आफ्नो बचाउ गर्दै देश दौडाहमा छन् । ओलीले प्रतिनिधिसभा भंग गरेर नयाँ निर्वाचनमा जाने घोषणा गरेपछि नेकपाकै दाहालदेखि विपक्षी नेपाली कांग्रेस र जनता समाजवादीसम्म सडक आन्दोलनमा छन् । तर प्रधानमन्त्री र मन्त्रीहरु देशव्यापी सभा गर्दै आफ्नो कदमको बचाउ र अर्को पक्षलाई गालीगलौज गरिरहेका छन् ।  कामै गर्न नदिएकोले जनमतमा जाने निर्णय गरेको दाबी गर्ने प्रधानमन्त्री ओलीका लागि सिंहरदरबारस्थित कार्यालय जाने फुर्सद नै छैन् ।
 
प्रधानमन्त्री ओलीमात्र होईन, प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरुले संसद विघटन लगतै मन्त्री पदबाट राजिनामा दिएसँगै केही दिनमा नै ओली समुहले मन्त्रीहरु फेरबदल देखि नियुक्ति सम्म गर्न भ्याए जुन मन्त्रीहरु आज मन्त्रालयको काम कारर्वाही भन्दा पनि आफ्नो पक्षमा कार्यकर्ता कसरी बटुल्न सकिन्छ भन्दै आमसभा देखि कार्यकर्ता भेला सम्म गर्दैमा फुर्सद छैन् । 
अधिकांश मन्त्रीको दैनिकी पनि सिंहदरवारस्थित मन्त्रालयको कामकाज भन्दा राजनितिक भेलामै केन्द्रित छ । सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने मन्त्रीहरु अधिकांश समय सिंहरदरबार छाडेर हिड्दा मन्त्रालयको निर्णय प्रकृया नै प्रभावित बनेका समाचारहरु प्रशस्त पढ्न र सुन्न पाईन्छ ।
 
प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई अरुका कुरा सुन्ने र सरकारलाई सही ढंगले चलाउनेमा कुनै चासो देखिन्न । बरु उल्टै आफुबाहेक अरु सबैलाई कटाक्ष गर्न मन्त्रालयको काम नै छोडेर दौडादौड गरिरहेका छन् । 
यसले राजनीतिक अस्थीरता त बढेको त छ नै, सरकारको प्रभावकारिता झन झन् फितलो पनि हुँदै गएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लगाउने प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरुलाई पार्टी समृद्ध बनाउन खटाएको भन्दै आलोचना भइरहेका छन् । तर, न ओली रोकिएका छन्, न मन्त्रीहरु नै । केही दिनयता उनीहरुको भ्रमण र भाषण सम्पूर्ण रुपमा पार्टीकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको आलोचना गर्न केन्द्रित हुने गरेका छन् ।
एकै छिन कुरा गर्न चाहान्छु ऊर्जा मन्त्रालयको संसद विघटन पश्चात तत्कालिन वर्षमान पुनले राजीनामा दिएपछि उर्जा मन्त्रीको जिम्मेवारी टोपबहादुर रायमाझीले सम्हालिरहेका छन् । पुस १० गते मन्त्री भएपछि ११ गते मात्रै मन्त्रीको कार्यभार सम्हालेका थिए ।
 
मन्त्री भए लगतै मन्त्रालयको कामभन्दा काठमाडौं उपत्यका र उपत्यका बहिर भएका ओली पक्षीय कार्यक्रममा सहभागिता जनामा नै व्यस्त छन् । मन्त्रालयको काम र जिम्मेवारीले भन्दा पनि  पार्टी बैठक, छलफल र भेलालाई सम्बोधनलाई प्रथामिकता दिदै देशका विभिन्न जिल्ला पुगेका छन् ।
 
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, मन्त्रालयहरु मध्य एउटा महत्वपूर्ण मन्त्रालयको रुपमा चिनिन्छ जुन विकास मन्त्रालय पनि हो । मन्त्रालयकै चासो हुँदाहँुदै पनि विभिन्न निर्माणाधिन हाइड्रोपावरहरु समयमा नै निर्माण हुन नसक्दा देशले नै ठूलो नोक्सानी बेहोर्नु परेको यथेस्टा उदाहरणहरु छन् । तर मन्त्रालयको नेतृत्व सम्हालिरहेका जिम्मेवार मन्त्री नै यसरी पार्टीगत रुपमा व्यस्त भइरहँदा यसको असर प्रत्यक्ष रुपमा सरकारले घोषणा गरेको उज्यालो नेपाल अभियान र प्रधानमन्त्री र स्वयम् ऊर्जा मन्त्री रायमाझीको अन्तर्राष्ट्रिय बजारमा नेपालको विद्युत बेच्ने सपना आकाशको फल हुनेमा निश्चित छ । 
 
नीति निर्माणमा जुटनुपर्ने मन्त्रीहरुको दिन दैनिक सभा र समारोह मै बित्ने गरेको छ । उनीहरू यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरू नै प्रभावित हुने गरेको छ । मन्त्रीहरु सरकार र जनताको लागि भन्दा पार्टीको काममा व्यस्त हँुदा सुनसान सिंहदरबारले देश विकासको योजना र जनताको काम कारर्वाहीलाई गिज्जाई रहेको छ ।  

प्रतिक्रिया