भर्खरै

विद्युतीय बसलाई छैन ऋणः बजेट अभावले चीनमै रोकिए २५ वटा बस

  • प्रकाशित मिति : आईत, फागुन १६, २०७७
  • - लक्ष्मण दर्नाल
title
काठमाडौँ १६ फागुन । चीनमा तयार भएका २५ वटा विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएको छैन । सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको छ तर भन्सार कर बुुझाउन आवश्यक रकमको जोहो गर्न नसकेपछि बसहरू चीनमै रोकिएका छन् ।
 
करिब ६ महिनाको बन्दाबन्दीले योजनाअनुसार काम गर्न नपाएपछि आर्थिक समस्या हुन पुुगेको सुुन्दर यातायात प्रालिले जनाएको छ । ४० सिट क्षमताका २५ वटा बसहरू तयारी अवस्थामा छन् । कम्पनीले ल्याउन ताकेता गरिरहेको छ तर भन्सार करको जोहो गर्न नसक्दा आफूहरू समस्यामा परेको सुुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो ।
 
उहाँले भन्नुुभयो, “हामीले २५ वटा बसको भुक्तानी दिइसकेका छौँ, अब हामीलाई पाँच करोड रुपियाँ भन्सार बुुझाउन लाग्छ, यतिबेला हामीसँग नगद छैन, जग्गा जमिन धितो राखेर बैङ्कबाट ऋण ल्याउन खोजेको तर बैङ्कले विद्युुतीय बसलाई लोन नदिने दिने व्यवस्था छैन भनेर दिइरहेका छैनन्, धितो राख्दा पनि विद्युतीय बसले लोन पाउनसकेको छैन । ” बैङ्कहरूले विभिन्न बहाना बनाएर पन्छाइरहेको उहाँले दाबी गर्नुभयो । एनआईसी एसिया, नेपाल बैङ्क लिमिटेड, एनसीसी बैङ्क, बैङ्क अफ काठमाडौँ, ग्लोबल आईमई, कामना विकास बैङ्क, महालक्ष्मी बैङ्क, एभरेस्ट बैङ्कलगायतमा पटक–पटक आफू धाएको तर ती बैङ्कहरू विभिन्न बहाना देखाएर ऋण दिन नमानेको उहाँले बताउनुभयो ।
सुन्दर यातायातका अनुसार निजी बैङ्कहरूले विद्युतीय बसका लागि ऋणको व्यवस्था नगरिएको बताएका छन् भने सरकारी बैङ्कले मापदण्डभित्र पर्दैन भनिरहेका छन् ।
 
तर नेपाल बैङ्क लिमिटेडका प्रवक्ता प्रकाश अधिकारीले विद्युतीय बसलाई ऋण दिने प्राथमिकतामा नै राखेको, सबै प्रक्रिया पूरा गरेर आए भने जसलाई पनि ऋण दिन बैङ्कहरू तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, विद्युतीय बैङ्कलाई झन् हामी प्राथमिकतामा राखेका छौँ ऋण नदिने कुरा नै हुँदैन, कसलाई ऋण चाहिन्छ मकहाँ पठाइदिनु म व्यवस्था मिलाउँछु ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरूलाई बैङ्कले तुरुन्त ऋण दिन्छन् । विद्युुतीय बसका लागि भने बैङ्कहरूले इच्छा नदेखाएको अध्यक्ष भेषबहादुर थापाको गुनासो छ ।
 
सरकारले विद्युुतीय बस सञ्चालनको नीति लिएर प्रोत्साहन गरेपछि सुन्दर यातायातले एउटा बसको एक करोड ७२ लाख रुपियाँमा २५ वटा बस खरिद गरेको थियो । विद्युतीय यातायातलाई बैङ्कबाट ऋणको व्यवस्था नगरिँदा व्यवसायी समस्यामा परेका छन् । सार्वजनिक विद्युतीय सवारीलाई एक प्रतिशत भन्सार कर तोकिएको छ । भन्सारको सुविधा मात्र दिएर नहुने अध्यक्ष थापाको भनाइ छ ।
 
उहाँका अनुसार एउटा बसको करिब २२ लाख रुपियाँ भन्सार कर पुग्छ । करिब पाँच करोड पचास लाख रुपियाँ भन्सार कर लाग्छ । सोही रकमको जोहो सुन्दर यातायाताले गर्न गर्न सकेको छैन । यता सरकारले ऋणको व्यवस्था नगरिदिँदा लगानी नै जोखिममा परिरहेको व्यवसायीको गुनासो छ । थापा भन्नुहुन्छ, “चीनबाट ल्याउन लागिएको नयाँ गाडी नै हामी धितो राख्न तयार छौँ, त्यस अलवा हाम्रो जग्गा जमिन धितो राख्न पनि तयार छौं तर बैङ्कहरूले विद्युतीय बसहरूलाई लोन दिने व्यवस्था छैन भनेर दुःख दिइरहेका छन्, सरकारकै नीति योजनाअनुसार हामीले विद्युतीय बसमा लगानी गरेका हौँ । ”
 
सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरेको छ । तीनवटा चक्रपथ र एउटा सूर्यविनायक रत्नपार्क सञ्चालन गरिरहेको छ । ती बसहरू यूरो स्टयान्डर्सका हुन् । चितवनमा पनि विद्युतीय बसहरू सञ्चालन गर्ने सुन्दर यातायातको योजना छ ।
तीन वर्षअघि सरकार आफैँले विद्युतीय बस खरिद गर्ने योजना बनाएको थियो । जसअनुसार बस खरिद गर्न साझा यातायातलाई तीन अर्ब रुपियाँ दिए पनि अहिलेसम्म बसहरू ल्याइएका छैनन् । ती बसहरूको खरिद प्रक्रिया हालै अघि बढाइएको छ । सरकारले विद्युतीय बसलाई प्राथमिकता दिनुका साथै चार वर्षअघि सन् २०२० सम्म विद्युतीय सवारी २० प्रतिशत पु¥याउने घोषणा गरेको थियो । घोषणा कार्यान्वयन नआएको व्यवसायीको गुनासो छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago