भर्खरै

सन् २०२६ सम्म नेपाल विकाशील देश बन्छ : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : आईत, फागुन १६, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
काठमाडौ, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर विकासको लहर चलिरहेकोले सन् २०२६ सम्म नेपाल विकाशील देश बन्ने बताएका छन् । झापामा चीन–नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले पुल, बाटो तथा औद्योगिक क्षेत्र निर्माणमा चमत्कार तरिकाले विकास हुँदै गएकोले अब नेपाल विकाशील बन्दै गएको बताएका हुन् ।
 
नेपाल अब गरिब देशबाट स्तरोन्नतिका लागि सिफारिस भएको ओलीले बताए ।  नेपाल अन्य थुप्रै देशभन्दा अगाडि बढेको भन्दै दक्षिण एसियामा सबैभन्दा विकसित देश नेपाल भएको पनि दाबी गर्न भ्याए । 
 
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चिनियाँ लगानीमा बन्न लागेको चीन–नेपालमैत्री औद्योगिक पार्कको आइतबार शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले भने केहि मानिसहरू विकासको लहर चलेको देखेर जलेको भन्दै ओलीले ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ को नारा सार्थक बनाउन संकल्प लिएको बताएका छन् । 
 
उनले स्थानीय तह र राजनीतिक दलले सबैको साझा उपलब्धि बुझेर सबै पक्ष समावेश हुनेमा विश्वस्त भएको समेत बताए । 
 
 
‘विकासको विषयमा मैले भनिराख्नु नपर्ने भन्र्दै उनले भने एकै दिन तीन सय अस्पताल शिलान्यास भएका छन् । फुसका छाना हटाएर टिनका छाना लगाइएको छ,’ सुकुमबासीलाई घर बनाएर हस्तान्तरण गरिएको छ, देशभरीबाट आज तुइन विस्थापित भएको छ, बाटाघाटा, विद्यालय, खानेपानी, अस्पताल बनाएर उधुमको विकास भएको उनको जिकिर थियो । 
 
प्रधानमन्त्री ओलीले आजै इलामको चुलाचुली जोड्ने रतुवा पुल, झापाको कमल खोलाको पुल उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ वटा पुलको एकैचोटी शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली आजै साँझ झापाको कार्यक्रम सकेर भद्रपुरबाटै यति एयरको जहाजबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 9 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 14 hours ago