व्यवसायीको समस्याहरु समाधान गर्न सरकार तत्पर छ: सञ्चारमन्त्री गुरुङ

  • प्रकाशित मिति : Wed-24-Feb-2021
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौं, १२ फागुन । विद्युतीय व्यवसायीहरुको हरेक समस्याहरु सरकार समक्ष पु¥याएर समाधान गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् ।
शनिबार आयोजित काठमाडौं विद्युतीय व्यवसायी संघको ११ औं साधारण सभा तथा छैठौ अधिवेशन कार्यक्रमको सम्बोधन गर्दै मन्त्री गुरुङले व्यवसायीमा रहेको भन्सार छुट, कर, बिल बिजकीकरण लगायतमा रहेको हरेक समस्याको समाधान खोजिने बताएका हुन् । 
 
व्यवसाय गर्ने हरेक व्यवसायीलाई सरकारले हेर्ने दृष्टिमा समानता रहेको बताउँदै मन्त्री गुरुङले व्यवसायीलाई व्यवसाय गर्न बाधा पुगेका ऐन नियमहरुको परिमार्जन गर्न सरकारसँग पहल गर्ने बताए । आर्थिक परिवर्तनले नै मुलुकको समृद्धि हुने भएकोले समृद्धिको पहिलो आधार विद्युतीय क्षेत्र हो त्यसैले पनि विद्युतीय क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई छ ।  
 
 
त्यस्तै कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका बाग्मती प्रदेशका प्रमुख सूर्य मण्डलले कार्यक्रमको सम्बोधन गर्दै राष्ट्रको विकास गर्ने क्षेत्र नै विद्युतीय क्षेत्र रहेकोले विद्युत उत्पादन तथा बिक्रि वितरणमा व्यवसायीहरुले पनि सहयोग पुर्‍याई रहेको बताए ।
 
प्रत्येक वर्ष प्राधिकरणको ग्राहक संख्या ७.८८ प्रतिशतको दरले वृद्धि भइरहेको जनाउँदै हाल सम्मका ग्राहक संख्या ४२ हजार भन्दा बढी रहेको उनले बताए । अहिलेकोे उच्चत्तम विद्युतीय माग १४ सय ५० छ । उनले भने अब लोडसेडिङ एउटा इतिहास बन्यो  भने  ९० प्रतिशत जनतामा विद्युतको पहँुच पुगिसकेको छ । उनले थपे आगामी ३ वर्षमा ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । 
 
त्यस्तै कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले अन्धकारलाई हटाएर उज्यालो तर्फ लैजाने यो क्षेत्रको व्यवसायीलाई सरकारले उद्योगमैत्री वातावरणको सिर्जना गरी व्यवसायमा सहभागिता हुन सक्ने वातावरण तयार गरिदिनु पर्ने बताएका छन् । 
कार्यक्रममा व्यवसायीहरु उद्योग स्थापनाको १० वर्ष सम्म आयकर छुट दिनुपर्ने, गुणस्तरीय विद्युतीय सामानको आयातमा भन्सार कर छुट हुनुपर्ने, भन्सार व्यवस्थापन राजश्वमुखी नभई व्यवसायीमुखी हुनुपर्ने, कालाबजारी ऐन खारेज गर्नुपर्ने, करको दर होइन दायरा बढाउनुपर्ने, ख्ऋत्क् लाई एकद्धार प्रणाली बनाउनुपर्ने लगायतका मागहरु सरकार समक्ष अध्यक्ष पौड्यालले राखेका छन् । त्यस्तै काठमाडौं विद्युतीय
संघका निवर्तमान अध्यक्ष राजेन्द्र वैष्णवले कार्यक्रमको अध्यक्षता गर्दै यो संस्था व्यवसायीहरुको समग्र विकासप्रति समर्पित मुनाफाको उद्धेश्य नभएको बताउँदै विद्युत व्यवसायीहरुको विशुद्ध सेवामुलक संस्था रहेको बताए । उनले संघको स्थापनाको ११औं वर्षसम्म आइपुग्दा आफ्ना उद्धेश्यहरु हासिल गर्ने दिशामा निरन्तर अगाडि बढि रहेको छ । कार्यक्रममा बोल्दै उनले भने नेपालमा विद्युतीय सामग्रीहरुको उत्पादन गर्ने उद्योगहरु न्यून संख्यामा रहेकोले यस्ता उद्योग स्थापना गर्न ल्याइने मेसिनलाई भन्सारमा छुट दिने र सोही उद्योगलाई धितो राखेर ऋण लिन पाउने व्यवस्था सरकारले गरिदिए स्वदेशमा नै विद्युतीय सामान उत्पादनमा प्रोत्साहन पुग्ने उनको भनाई छ ।  
 
सचिव पदमा सिवाकोटी निर्वाचित 
 
 
काठमाण्डौं विद्युतीय व्यवसायी संघको एघारौं बार्षिक साधारण सभा एवं छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । सबै पदमा सर्वसम्मत निर्वाचित भएतापनी सचिव पदमा मिलन सिवाकोटी र ओम कुमार जोशी विच निर्वाचन भएको हो । निर्वाचनले सचिव पदमा मिलन सिवाकोटीलाई अत्याधिक मतले निर्वाचित भएका छन् । संघको नविकरण भएको सदस्य संख्या ३७६ रहेपनि निर्वाचनमा २८६ सदस्य सहभागि थिए । सचिव पदका प्रत्यासी ओम कुमार जोशी ले १०३ मत प्राप्त हुदा मिलन सिवाकोटीले १८० मत प्राप्त गरि विजयी बनेका थिए । जसमध्ये ३ जनाको मत बदर भएको थियो । प्रमुख निर्वाचन अधिकृत कुमार दास रजिंतले विद्युत संसार सँगको कुराकानीमा कुल मतको  करिब ६३ प्रतिशत ल्याएर  सिवाकोटीले सचिव पदम विजय भएको  बताए । 
 
संघको एघारौं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशन ले अध्यक्ष पदमा सरोज कुमार रेग्मी, उपाध्यक्ष दिवेश कुमार जैन, कोषाध्यक्षमा श्रीलाल श्रेष्ठ, सहसचिवमा केशव खड्का रहेका छन भने सदस्यहरुमा भिष्मराज श्रेष्ठ, नवराज न्यौपाने, पशुपति पाण्डे, रेवती रमण पौडेल, कृष्ण प्रसाद कुईकेल, दिपक सिलवाल, बुद्धि नारायण सापकोटा र योगराज चालिसे सर्वसम्मत निर्वाचित भएका छन् भने अन्जन तिमिल्सना मनोनित सदस्यमा निर्वाचित भएका छन् ।
 
महिला सदस्य विहिन
संघको ११ औ साधारण सभा एवम् छैठौ अधिवेशनले चयन गरेको कार्यसमिति पदाधिकारीमा महिला सदस्य तथा समावेशीको आरक्षणबाट महिला सहभागिता बिहिन हुँदै अधिवेशन सम्पन्न भएको छ । 

प्रतिक्रिया