भर्खरै

मेलम्चीले जगाएको आशा

  • प्रकाशित मिति : Wed-03-Mar-2021
  • - विद्युत संसार
title
काठमाडौं १९ फागुन । राजनैतिक अस्थिरताको भुमरीमा यतिखेर देश रुमल्लि रहेको छ । राजनीतिक अस्थिरताका कारण निराश बनेका जनतालाई विकास निर्माणको क्षेत्रमा पछिल्ला दिनमा भएका गतिविधि हेर्न लायक नै बनेको छ । सत्तामा भएका दललाई विभिन्न समस्याहरु समाधान नहुँदै शिलान्यास गर्न देश दौडाहामा छन् भने प्रतिपक्ष दललाई संसद पुनःस्थापना पछिको सरकार समिकरणमा के कसरी लाग्ने भन्नेमा भ्याईनभ्याई छ । 
 
जो होस् काम भन्दा कुरा धेरैको सन्घ्या पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका नारा लगाई रहँदा केही दिन अघिमात्र मेलम्ची आयोजनाको बाँधबाट सुरुङ मार्गमा पानी छिराइएको खबरले राजधानी बासीमा थोरै भए पनि आशा जगाएको छ । 
घोषणा भएको तीन दशकपछि मेलम्चीको पानी राजधानी आउने करिब–करिब पक्का भएको छ । 
 
 संघीय राजधानी रहेको शहरमा खानेपानीको अभावमा कष्टकर जीवन बिताउनुपर्ने अवस्थाको ढिलै भए पनि अन्त्य हुने प्रक्रियामा जानु सुखद् हो । कुनै प्राविधिक अवरोध नआएमा अबको तीन महिनाभित्रमा उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउनेछन् । मेलम्ची आयोजना सफल हुनु भनेको विकासको दृष्टिले मुलुकले ठूलो फट्को मार्नु हो ।
 
उपत्यकामा दैनिक ३७ करोड लिटर खानेपानीको माग छ । जनसंख्या वृद्धिदर उच्च रहेकाले खानेपानीको माग अझै बढ्न सक्ने भएकाले त्यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ । 
मेलम्ची आयोजना सफल भएपछि सरकारले घोषणा गरेको राष्ट्रिय गौरवका आयोजना, औद्योगिक क्षेत्रका साथै निर्माणाधिन सबै आयोजना तोकिएको समयमै सम्पन्न गर्नुपर्ने दबाब पुग्न जरुरी छ । सरकारले लामो समयदेखि अलपत्र औद्योगिक क्षेत्र स्थापना प्रक्रिया पनि सुरु गरेको छ । सबै प्रदेशमा एकैपटक यो कार्यक्रम अभियानका रूपमा चलेको छ । सरकारले शिलान्यास मात्र गरेर होईन निर्माण सम्पन्न गर्न पनि जोडतोडले लाग्न आवश्यक छ ।
 
राजनीतिक अस्थिरताको असर अब विकासका काममा पार्नु हुँदैन । विकास निर्माणको क्रममा देखिने भ्रष्टाचार, अनियमितता तथा कछुवा शैलीबाट दिक्क भएका नागरिकलाई ढिलै भएपनि मेलम्चीको पानी आउने आशाले खुसी बनाउनु स्वाभाविक हो । जुन शैलीमा सरकारले शिलान्यासका कार्यक्रम अघिसारेको छ त्यस अनुरुप विकास निर्माणको काम अघि बढ्यो भने सरकारले भन्दै आएको समृद्ध नेपाल सुखी नेपालीको नाराले समेत मूर्तरूप पाउने थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago