भर्खरै

विद्युत व्यवसायी संघ चितवनको साधारण सभा तथा अधिवेशन हुँदै

  • प्रकाशित मिति : Wed-03-Mar-2021
  • - प्रदिप श्रेष्ठ
title

चितवन १९ पुस । विद्युत व्यवसायी संघ चितवनको दशौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन हुने भएको छ । संघको कार्यसमितिको १७औं बोर्ड बैठकले संघको साधारण सभा तथा अधिवेशन कार्यक्रम हुने भएको हो । 
 
 कार्यक्रम यहि फागुन २४ गते सोमबार भरतपुर महानगरपालिका–४ चितवनमा रहेको बि.के पार्टी प्यालेसमा सञ्चालन हुने भएको संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक डोलराम न्यौपानेले बताए  ।
 
 संघले स्थापनाको समयदेखि नै चितवन भित्र रहेका हरेक विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको छ । संघमा हालसम्म ३ सय जना भन्दा बढी विद्युतीय व्यवसायीहरु आवद्ध रहेका छन् । संघले विद्युतीय व्यवसायीहरुलाई परेको समस्या, व्यवसायीहरुको आवश्यकता, माग ,व्यवसायीहरुलाई आवश्यक पर्ने लेखा तालिम तथा उद्घोषण तालिम लगायतका विषयमा संघले काम गर्दै आइरहेको संयोजक न्यौपानेले जनाएको छ । संघले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक कार्यहरुमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको उनकोे भनाई थियो । 
 
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन पौड्यालको प्रमुख आथित्य रहने त्यस्तै विशेष अथितिहरुमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल रहने उनले बताए । संघमा आउने नयाँ कार्यसमितिहरु सर्वसम्मत नै चयन हुने समेत उनले बताए  ।

प्रतिक्रिया