भर्खरै

आज प्रधानमन्त्री ओलीले सुनकोसी–मरिन आयोजनाको शिलान्यास गर्ने

  • प्रकाशित मिति : Thu-04-Mar-2021
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोसी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजनाको शिलान्यास आज बिहिबार हुने गर्ने भएको छ ।
 
चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले सुरुङमार्गको खन्ने ठेक्का पाएको आयोजनाको शिलान्यास हुन लागेको हो ।
 
 १३.३ किलोमिटर सुरुङमार्गको ठेक्का लागिसकेको छ । आज प्रधानमन्त्री ओलीले आयोजना अन्तर्गतको सुरुङबाट पानी खस्ने स्थल सिन्धुलीको कमलाइमाई नगरपालिका २ मा शिलान्यास गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । 
यस कम्पनीले भेरी बबई डाइभर्सन आयोजनाको निर्माण गरिरहेको छ । सुनकोसी मरिन सुरुङ कम्पनीले टनेल बोरिङ मेसिन(टीबीएम)ले प्रयोग गर्ने बताइएको छ । 
 
आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा वितरण लगायतको काम सकिएको आयोजनाले जनाएको छ । 
 
बहुउद्देशिय आयोजनाबाट ३१ मेगावाट विद्युत उत्पादन र तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहेको छ ।

प्रतिक्रिया